default_image

7 years ago

April 5, 2019

एबी डी भिलियर्स र कोहली चम्कँदा कोलकतालाई विशाल लक्ष्य

131 views

0 Bookmark

एजेन्सी – कप्तान विराट कोहली र एबी डी भिलियर्सले सानदार अर्धशतक प्रहार गरेपछि इन्डियन प्रिमियर लिग(आईपीएल) को १७ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले कोलकता नाइट राइडर्सलाई २ सय ६ रनको विशाल लक्ष्य दिएको छ ।

घरेलु मैदान चिन्नावास्मी मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बेंगलोरले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २ सय ५ रन बनायो । बेंगलोरलाई विशाल लक्ष्य बनाउन ओपनर विराट कोहलीले ८४ रनको महत्वपूर्ण इनिङ्स खेले । कोहलीले ४९ बलमा ९ चौका र २ छक्का प्रहार गरे ।

दोस्रो विकेटका लागि कोहलीले डी भिलियर्ससँग १ सय ८ रनको शतकीय साझेदारी गर्दै बलियो योगफल सम्म पुर्याए । १८ ओभरको पहिलो बलमा कुलदीप यादवले कोहलीलाई आफैं क्याच लिदै साझेदारी तोडे । आक्रमक रुपमा रन जोडेका डी भिलियर्सले ३२ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै ६३ रनमा क्याच आउट भए । डी भिलियर्सलाई १९ औं ओभरको पाँचौ बलमा सुनिल नारायणले सुबमन गिलबाटबाट क्याच गराए ।

ओपनर कोहलीले पहिलो विकेटका लागि पार्थिव पटेलसँग ७.५ ओभरमा ६४ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । पटेल २५ रनमा आउट हुँदा मार्कस स्टोइनिसले १३ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै २८ रनमा अविजित रहे । प्रसिद्ध कृष्णलाई स्टोइनिसले अन्तिम ओभरको चौथो बलमा चौका र पाँचौ बलमा छक्का र अन्तिम बलमा चौका प्रहार गर्दै फिनिस गर्दै १८ रन जोडेपछि बेंगलोरले २ सय रन कटाउन सफल भएको थियो ।

कोलकताका लागि कुलदिप यादव,सुनिल नारायण, नितेश रानाले समान १ विकेट लिए । सुरुवाती ४ खेलमा पराजित भएको बेंगलोरलाई अघिल्लो चरणको यात्रा कायमै राख्न आजको खेल जित्नै पर्ने दवाव छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.