7 years ago
April 6, 2019
एजेन्सी – वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेलले विश्फोटक ब्याटिङ गरेपछि इन्डियन प्रिमियर लिग(आईपीएल) मा रोयल च्यालेन्जर्स बेंगलोर लगातार पाँचौ खेलमा पराजित भएको छ ।

शुक्रबार राती सम्पन्न खेलमा कोलकता नाइट राइडर्सले बेंगलोरलाई ५ विकेटले हराएको हो । २ सय ६ रनको विशाल लक्ष्य पछ्याएको कोलकता १९.१ ओभरमा ५ विकेटको क्षतिमा पुरा गर्यो । विष्फोटक ब्याटिङ गरेका रसेलले १३ बलमा ७ छक्का र १ चौका प्रहार गर्दै ४८ रनमा अविजित रहे । रसेलले १८ औं ओभरमा ३ छक्का प्रहार गर्दै २३ र १९ औं ओभरमा टिम साउदीलाई ४ छक्का र १ चौका प्रहार गर्दै २९ रन बटुलेपछि कोलकताले सहज जित हात पारेको हो ।
क्रिस लिनने ३१ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ४३, सुनिल नरायण १०, रोविन उथप्पा ३३ र नितेश राना ३७ रनमा आउट भए । कप्तान दिनेश कार्तिक १९ रनमा आउट भए । बेंगलोरका लागि नवदीप सैनी र पवन नेगीले समान २ विकेट लिएपनि टोलीको हार टार्न सकेनन् ।
त्यसअघि घरेलु मैदान चिन्नावास्मी मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बेंगलोरले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २ सय ५ रन बनायो । बेंगलोरलाई विशाल लक्ष्य बनाउन ओपनर विराट कोहलीले ८४ रनको महत्वपूर्ण इनिङ्स खेले । कोहलीले ४९ बलमा ९ चौका र २ छक्का प्रहार गरे ।

दोस्रो विकेटका लागि कोहलीले डी भिलियर्ससँग १ सय ८ रनको शतकीय साझेदारी गर्दै बलियो योगफल सम्म पुर्याए । १८ ओभरको पहिलो बलमा कुलदीप यादवले कोहलीलाई आफैं क्याच लिदै साझेदारी तोडे । आक्रमक रुपमा रन जोडेका डी भिलियर्सले ३२ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै ६३ रनमा क्याच आउट भए । डी भिलियर्सलाई १९ औं ओभरको पाँचौ बलमा सुनिल नारायणले सुबमन गिलबाटबाट क्याच गराए ।
ओपनर कोहलीले पहिलो विकेटका लागि पार्थिव पटेलसँग ७।५ ओभरमा ६४ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । पटेल २५ रनमा आउट हुँदा मार्कस स्टोइनिसले १३ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै २८ रनमा अविजित रहे । प्रसिद्ध कृष्णलाई स्टोइनिसले अन्तिम ओभरको चौथो बलमा चौका र पाँचौ बलमा छक्का र अन्तिम बलमा चौका प्रहार गर्दै फिनिस गर्दै १८ रन जोडेपछि बेंगलोरले २ सय रन कटाउन सफल भएको थियो । कोलकताका लागि कुलदिप यादव,सुनिल नारायण, नितेश रानाले समान १ विकेट लिए ।
यस अघि बेंगलोरले चेन्नई,मुम्बई,हैरावाद र राजस्थानसँग पराजित भएको थियो । योसँगै बेंगलोरको अघिल्लो चरण कठिन बनेको छ । कोलकताले हैदरावाद,पन्जावलाई हराउँदा दिल्लीसँग सुपर ओभरमा हारेको थियो । कोलकता ४ खेलमा ३ मा जित र १ मा हारका साथ दोस्रो स्थानमा उक्लिएको छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]