7 years ago
April 6, 2019
काठमाडौं (हाम्रो खेलकुद) – राजधानीमा निरन्तर वर्षाका कारण धुर्मुस- सुन्तली फाउण्डेसनद्धारा निमार्णधीन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निमार्ण सहयोगार्थ आयोजना गर्न लागेको मैत्रीपूर्ण क्रिकेट ‘मातृभूमि कप’ स्थगित भएको छ ।

नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्का र उप कप्तान ज्ञानेन्द्र मल्लको टिमबीच आज मातृभूमि कप मैत्रीपूर्ण क्रिकेट हुने कार्यक्रम रहेको थियो । मातृभूमि कप मैत्रीपूर्ण क्रिकेटमा पारस खड्काले राष्ट्रिय टिम ‘ए’ र ज्ञानेन्द्र मल्लले राष्ट्रिय टिम ‘बी’ को कप्तानी गर्ने थिए । वर्षका कारण टियू क्रिकेट मैदानमा हुने खेल अर्को मितिका लागि स्थगित गरिने आयोजकले जनाएको छ ।
मातृभूमि कप मैत्रीपूर्ण क्रिकेट अझ रोचक बनाउन दर्शकहरुको लागि आर्टिस्ट ‘ए’ र आरिट्स ‘बी’ बीच पनि प्रतिस्पर्धा हुने कार्यक्रम रहेको थियो । अब यो कार्यक्रम पनि अर्को मितिलाई सारिएको छ । टोली ‘ए’ को कप्तानी मदनकृष्ण श्रेष्ठ र टोली ‘बी’ को हरिवंश आचार्यले कप्तानी गर्नेछन् । सहयोग रकम पनि संकलन होस् र दर्शकलाई पनि भार नपरोस् भन्ने उद्देश्यले टिकट मुल्य रु ३ सय र १ हजार राखिएको छ ।
कप्तान पारस खड्काको टिम ‘ए’ मा शरद भेषावकर, सोमपाल कामी,अनिलकुमार शाह, ललितनारायण राजवंशी, अभिनास बोहरा, सन्दीप जोरा, भुवन कार्की, सुनिल धमला, रोहित कुमार पौडेल, कमल सिंह ऐरी र आरिफ शेख रहेका छन् । मल्लको टिम ‘बी’ मा विनोद भण्डारी, दिपेन्द्रसिंह ऐरी, वसन्त रेग्मी, करण केसी, ललितसिंह भण्डारी, भीम सार्की, पवन सरार्फ, विक्रम शोब, सुसन भारी, दिलिप नाथ र प्रदीप ऐरी छन् ।
विनाशकारी भूकम्पपछि चारवटा एकिकृत बस्ती निर्माण गरेको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको थालनी गरिसकेको छ। जनस्तरबाट बन्ने गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला २० विगाह ८ कठ्ठा क्षेत्रफलमा बनाईने छ । चितवनमा बन्ने क्रिकेट रंगशाला कमलको फुल आकारको हुने योजना रहेको छ । रंगशालामा २५ हजार दर्शक क्षमताको हुनेछ । बहुउपयोगी हुने यो रंगशालाभित्र त्रिकेट प्रशिक्षण मैदान, फुटबल, भलिबल बास्केटबल, ब्याडमिन्टन, स्वीमिङपुल र फिटनेस सेन्टरसम्म रहनेछ ।
रंगशालामा बाहिरी भागमा नेपाल चिनाउने सम्पदाहरु समावेश गरिनेछ । जसमा एक सिंगे गैंडा, हात्ती, पाटेबाघ लगायत जनावरहरुको धातुको मुर्ति रहनेछन् । त्यस्तै नेपालका पर्यटकीय स्थलहरुलाई चिनाउने सामग्रीहरु पनि राखिनेछन् । क्रिकेट खेलाडीहरु उत्पादन गर्न एकेडेमी पनि रंगशालाभित्र रहनेछ । समग्रमा रंगशालालाई स्पोट्र्स हबका रुपमा विकास गर्ने बताइएको छ । धुर्मुस–सुन्तली फाउन्डेसनले निमार्ण गरेको २ वर्षभित्र रंगशाला निर्माण गरी भरतपूर महानगरलाई हस्तान्तरण गर्ने छ । रंगशाला निर्माणमा ३ अर्ब रुपैयाँ लागतको अनुमान गरिएको छ । जुन रंगशाला जनस्तरको सहयोगबाट निर्माण हुने छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]