default_image

7 years ago

April 15, 2019

हैदरावादको नाटकीय हारसँगै दिल्ली दोस्रो स्थानमा

115 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग(आईपीएल) मा दिल्ली क्यापिटल्स अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ । दिल्लीले लगातार दोस्रो खेलमा सन्दीपलाई विश्राम दिएको हो

rabada

आईतबार राती सम्पन्न प्रतियोगिताको ३० औं खेलमा सनराईजर्स हैदरावादलाई ३९ रनले पराजित गर्दै दिल्ली दोस्रो स्थानमा उक्लिएको हो । १ सय ५६ रनको लक्ष्य पक्ष्याएको हैदरावाद १८.५ ओभरमा सबै विकेट गुमाएपछि १ सय १६ रनमा समेटियो । कुनै समय १५ ओभरमा १०० बनाउँदै २ विकेट गुमाएको अवस्थामा रहेको हैदरावादले अन्तिम १६ रन जोड्न ८ विकेट गुमाएपछि नाटकीय हार ब्यहोरेको हो ।

हैदरावादका लागि ओपनर डेविड वार्नरले ४७ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ५१ बनाए । वार्नर १७ ओभरको दोस्रो बलमा कागीसो रबडाको बलमा श्रेयस ऐयरबाट क्याच आउट भएपछि दिल्लीले हैदरावादलाई दबाबमा राख्न सक्यो।

हैदरावादका लागि ओपनर जोनी बेयरस्ट्रो र डेविड वार्नरले पहिलो विकेटका लागि ७२ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । किमो पलले कागीसो रबडाबाट क्याच गराउनु अघि बेयरस्ट्रोले ३१ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ४१ रनको योगदान दिए । पललेनै रवडाबाट १२ ओभरको चौथो बलमा कप्तान केन विलियम्सनलाई ३ रनमा आउट गरे । १६ औं ओभरको दोस्रो बलमा रिकी भुईलाई पलनै ७ रनमा क्याच आउट गराएपछि हैदरावादको निरन्तर विकेट गुम्न पुग्यो । दिल्लीको जितमा कागीसो रबाडाले ३.५ ओभरमा २२ रन खर्चेर ४ विकेट लिए । त्यस्तै क्रिस मोरिस र किमो पलको नाममा समान ३ विकेट रह्यो ।

त्यस अघि हैदरावादको घरेलु मैदान राजिभ गान्धी इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५५ रन बनाउन सफल भयो । दिल्लीका लागि कप्तान ऐयरले ४५ बलमा ५ चौका सहित सर्वाधिक ४५ रनको योगदान दिए । कोलिन मुनरोले २४ बलमा ३ छक्का र ४ चौका प्रहार गर्दै ४० र विकेटकीपर ऋषभ पन्तले २३ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् । ओपनर पृथ्वी शा ४ र शिखर धवन ७ रनमा आउट भए ।

दोस्रो ओभरको पाँचौ बलमा खलिल अहमदले ओपनर शालाई क्याच गराए । चौथो ओभरको दोस्रो बलमा अहमदले भुवनेश्वर कुमारबाट क्याच गराउँदै धवनलाई पेभिलिएन फर्काउदै दिल्लीलाई दवावमा राखे । ८ औं ओभरको अन्तिम बलमा अभिषेक शर्माले मुनरोलाई विकेटकीपर जोनी बेयस्ट्रोबाट क्याच गराएपछि दिल्ली थप दवावमा परेको थियो ।

१६ ओभरको पाँचौ बलमा ऐयर र १७ ओभरको दोस्रो बलमा पन्त क्याच आउट भएपछि दिल्ली सस्तैमा समेटिएको थियो । तल्लोक्रमका क्रिस मोरिस ४ रनमा आउट भएका थिए भने अक्षर पटेल १४ रनमा अविजित रहे । हैदरावादका लागि खलिल अहमदले ४ ओभरमा ३० रन खर्चेर ३, भुवनेश्कर कुमारले २,राशिद खान र अभिषेक शर्माले समान १ विकेट हात पारे ।

यो जितसँगै दिल्ली ८ खेलमा ५ मा जित र ३ मा हारका साथ दोस्रो स्थानमा उक्लिएको छ । चेन्नई सुपर किंग्स ८ खेलमा ७ मा जित र १ मा हारका साथ १४ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.