7 years ago
April 16, 2019
एजेन्सी – हार्दिक पान्ड्याको अल राउण्डर प्रर्दशनमा इन्डियन प्रिमियर लिग(आईपीएल) को ३१ औं खेलमा मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई ५ विकेटले पराजित गरेको छ ।

१ सय ७२ रनको लक्ष्य पछ्याएको मुम्बईले १९ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो । मुम्बईलाई जितको लागि अन्तिम १२ बलमा २२ रन चाहिएको थियो । हार्दिक पान्ड्याले पवन नेगीलाई १९ औं ओभरमा समान २ छक्का र चौका सहित २२ रन जोड्दै एक ओभर अघिनै खेल जिताए । हार्दिक १६ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ३७ रनमा अविजित रहे ।
त्यस अघि ओपनर क्विन्टन डी ककले २६ बलमा २ छक्का र ५ चौका प्रहार गर्दै ४० रनमा आउट भए । त्यस्तै कप्तान रोहित शर्माले १९ बलमा समान २ चौका र छक्का प्रहार गर्दै २८ रन बटुले । ओपनर रोहित डी ककले पहिलो विकेटका लागि ७.१ ओभरभित्र ७० रनको साझेदारी गर्दै राम्रो सुरुवात दिएका थिए । ८ औं ओभरको पहिलो बलमै मोईन अलीले रोहितलाई बोल्ड आउट गरे । त्यसको तीनबल पछि डी ककलाई अलीले एलवी डब्लू आउट गर्दै बेंगलोरलाई खेलमा फर्काउन खोजे पनि अन्य बलरले साथ दिन नसक्दा बेंगलोर पराजित हुन पुग्यो ।
ईशान किशानले ९ बलमा ३ छक्का प्रहार गर्दै २१ र क्रुनाल पान्ड्या ११ रनमा आउट भए । बेंगलोरका लागि मोईन अलीले र युजवेन्द्र चाहलले समान दुई तथा मोहम्मद सिराजले १ विकेट हात पारे ।
त्यस अघि मुम्बईको घरेलु मैदान वानखडेमा टस हारेर पहिला ब्याटिङ थालेको बेंगलोरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७१ रन बनायो । बेंगलोरका लागि एवी डी भिलियर्सले ५१ बलमा ६ चौका र ४ छक्का सहित ७५ रनमा रन आउट भए । २० औं ओभरको दोस्रो बलमा अक्षयदिप नाथसँग रनको तालमेल गर्न नसक्दा डी भिलियर्स रन आउट हुन पुगे ।
त्यस्तै मोइन अलीले पनि सानदार ब्याटिङ गरे । सातौ ओभरको अन्तिम बलमा पार्थिव पटेल २८ रनमा आउट भएपछि मैदान छिरेका अलीले ३२ बलमा ५ छक्का र १ चौका प्रहार गर्दै ५० रनमा क्याच आउट भए । अलीलाई लाथिस मलिङ्गाले १८ ओभरको पहिलो बलमा हार्दिक पान्ड्याबाट क्याच आउट गराए । अली र डी भिलियर्सले तेस्रो विकेटका लागि ९५ रनको साझेदारी गर्दै बेंगलोरको इनिङ्स उकासे । बेंगलोरका अन्य ब्याट्सम्यानले भने राम्रो प्रर्दशन गर्न सकेनन् ।
तेस्रो ओभरको पहिलो बलमा जोसन बेहरनडोफले किकेटकीपर क्विन्टन डी ककबाट क्याच आउट गर्नु अघि कप्तान विराट कोहलीले ८ रन बनाए । हार्दिक पान्ड्याले सुर्य कुमार यादवबाट क्याच गराउनु अघि पटेलले २० बलमा ४ चौका र १ छक्का प्रहार गरे । मुम्बईका लागि मलिङ्गाले ४ ओभरमा ३१ रन खर्चेर ४ विकेट लिए । त्यस्तै हार्दिक पान्ड्या र जोसन बेहरनडोफको नाममा समान १ विकेट रह्यो ।
यो जितसँगै मुम्बई ८ खेलमा ५ मा जित र ३ मा हारका साथ तेस्रो स्थानमा रहेको छ । बेंगलोरको भने अघिल्लो चरणको अव अंक गणीतिय संभावना मात्र बाँकी रहेको छ । बेंगलोर ८ खेलमा ७ मा हार १ मा जितका साथ पुछारमा छ । ८ खेलमा ७ मा जित र १ मा हारका साथ १४ अंक जोड्दै चेन्नई शीर्ष स्थानमा छ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]