default_image

5 years ago

May 5, 2019

डु प्लेसिस शतक बनाउन चुक्दा चेन्नईको बलियो योगफल

एजेन्सी – ओपनर फाफ डु प्लेसिसले उत्कृष्ट ब्याटिङ गरेपछि इन्डियन प्रिमियर लिग (आईपीएल) को ५५ औं खेलमा चेन्नई सपुर किंग्सले किंग्स इलाभेन पन्जाबलाई १ सय ७१ रनको लक्ष्य दिएको छ । पन्जावको घरेलु मैदान मोहालीमा टस हारेर पहिला ब्याटिङ थालेको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ७० रन बनायो । चेन्नईलाई बलियो […]

28 views

0 Bookmark

एजेन्सी – ओपनर फाफ डु प्लेसिसले उत्कृष्ट ब्याटिङ गरेपछि इन्डियन प्रिमियर लिग (आईपीएल) को ५५ औं खेलमा चेन्नई सपुर किंग्सले किंग्स इलाभेन पन्जाबलाई १ सय ७१ रनको लक्ष्य दिएको छ ।

पन्जावको घरेलु मैदान मोहालीमा टस हारेर पहिला ब्याटिङ थालेको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ७० रन बनायो । चेन्नईलाई बलियो योगफल सम्म पुर्याउन ओपनर फाफ डु प्लेसिसले सानदार ब्याटिङ गरे । तर शतक पुरा गर्न ४ रनले चुक्न पुगे । १९ ओभरको चौथो बलमा योर्कर बलमा साम कुरनले डु प्लेसिसलाई ९६ रनमा बोल्ड आउट गरेपछि सतक बनाउन चुकेका हुन् । उनले ५५ बलमा १० चौका र ४ छक्का प्रहार गरे ।

डु प्लेसिसले दोस्रो विकेटका लागि सुरेश रैनासँग १ सय २० रनको साझेदारी गरेपछि चेन्नईले बलियो योगफल तयार पार्न सफल भएको हो । यी दुई बीचको शतकीय साझेदारी साम कुरनले १७ ओभरको चौथो बलमा मोहम्मद सामीबाट क्याच गराउँदै तोडेका थिए । रैनाले ३८ बलमा ५ चौका र २ छक्का सहित ५३ रन बटुले ।

त्यस अघि पाँचौ ओभरको पहिलो बलमा करनलेनै अर्का ओपनर शेन वानटशनलाई ७ रनमा बोल्ड आउट गर्दै पन्जावलाई पहिलो सफलता दिलाएका थिए । कप्तान महेन्द्र सिंह धोनी १० रनमा अविजित रहे । पन्जावका साम कुनरले ३ र मोहम्मद सामीले २ विकेट लिए । चेन्नई यो खेलमा विजयी भए सोझैं क्यालिफायर प्रवेश गर्ने छ भने पन्जाव बाहिरिने छ ।

May 3, 2024

रोमाञ्चक खेलमा हैदराबाद १ रनले विजयी

एजेन्सी – सनराईजर्स हैदराबादले राजस्थान रोयल्स माथि रोमाञ्चक जित जीत दर्ता गरेको छ । अन्तिम बलसम्म पुगेको खेलमा राजस्थानलाई हैदराबादले १ रनले पराजित गरेको हो । २०२ रनको लक्ष्य पछ्याएको हैदराबादलाई अन्तिम दुई ओभरमा जितका लागि २० रनको आवश्यकता रहेको थियो । १९औं ओभरमा कप्तान प्याट कमिन्सले ७ रन मात्र दिए । अन्तिम ओभरमा १३ […]

May 2, 2024

कर्णाली राष्ट्रिय लिगमा छनोट हुँदा मधेश बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – महिला राष्ट्रिय लिगको छनोट प्रतियोगिता अन्तर्गत घरेलु टोली कर्णाली आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै राष्ट्रिय लिगमा छनोट भएको छ । विहीबार विहान सुर्खेतको कर्णाली प्रदेश रंगशालामा गण्डकीमाथि २-० को जित दर्ता गर्दै कर्णालीले अंक तालिकाको तेस्रो स्थान पक्का गर्यो । वर्षा ओली र संजिता बम्जनले १-१ गोल गर्दै टोलीको […]

May 2, 2024

वेस्ट इन्डिज ‘ए’ लाई एक खेल अगावै सिरिज उपाधि 

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ ले एक खेल बाँकी छँदै नेपाल विरुद्धको टि-२० सिरिज उपाधि जितेको छ । बिहिवार भएको चौथो खेलमा पनि जित दर्ता गर्दै पाहुना टोलीले एक खेल अगावै ३-१ ले सिरिज जितेको हो । पहिलो खेलमा हार बेहोरेको वेस्ट इन्डिज ‘ए’ ले लगातार तेस्रो जित दर्ता गर्ने क्रममा नेपाललाई २८ […]

Success

Thank you for your time.