7 years ago
May 7, 2019
एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपिएल) को पहिलो क्वालिफायर खेलमा आज चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुँदै छ । खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे चेन्नईको घरेलु मैदान एमए चिदम्बरम मैदानमा सुरु हुनेछ ।

यो सिजनको आईपिएलमा यस अघि लिगका दुवै खेलमा चेन्नई मुम्बईसँग पराजित भएको थियो । चेन्नई घरेलु मैदानमा ४६ र मुम्बईमा ३७ रनले पराजित भएको थियो । मुम्बई शीर्ष र चेन्नई दोस्रो स्थानमा रहँदै क्वालिफायर खेल्न लागेका हुन् ।
१४ खेलमा ९ मा जित र ५ मा हारका साथ मुम्बई शीर्ष स्थानमा रह्यो । समान खेल र नतिजाका साथ समान १८ अंक भएपनि नेट रन रेटका आधारमा चेन्नई दोस्रो स्थानमा पुगेको थियो । आजको विजेता टोली सोझैं फाइनलमा प्रवेश गर्ने छ । पराजित हुने टोलीले बुधबार हुने दिल्ली र हैदरावादबीचको एलिमिनेट खेलको विजेतासँग दोस्रो क्वालिफायर खेल्ने मौका पाउने छ । फाईनल १२ मे मा हुने छ ।
अन्तिम खेलमा कोलकतालाई ९ विकेटले पराजित गर्दै शीर्ष स्थानमा पुगेको मुम्बईको मनोबल पनि उच्च छ । हार्दिक पान्ड्या,रोहित शर्मा,क्विन्टन डी कक,जसप्रित बुमराह,राहुल चाहर,काइरन पोलार्ड,लाथिस मलिङ्गाले जारी आईपीएलमा उत्कृष्ट प्रर्दशन गरि रहेका छन् । यी खेलाडीनै मुम्बईका मुख्य हतियार हुन् ।

चेन्नईले घरेलु मैदानमा दर्शकको फाईदा उठाउन सक्छ । महेन्द्रसिंह धोनी,फाफ डु प्लेसिस,हरभजन सिंह,रविन्द्र जडेजा,इमरान ताहिर,सुरेश रैना,ड्वेन ब्राभो चेन्नईका मुख्य हतियार हुन् । चेन्नई जारी आईपीएलकै सर्वाधिक अनुभवी खेलाडीले भरिएको टोली समेत हो ।
दुई खेलाडीको तुलना गर्दा चेन्नई केहि कमजोर मानिन्छ । तर महेन्द्र सिंह धोनीले कप्तानी राम्रो भए ती कमजोर खेलाडीलाई पनि उत्कृष्ट बनाउन सकिन्छ भन्ने यसै आईपीएलबाट राम्रो उदारण दिएका छन् । धोनीको उत्कृष्ट कप्तानीमा चेन्नई आठौं पटक फाईनलमा पुग्न सक्छ । धोनीले चेन्नईलाई हालसम्म ७ पटक फाईनलमा पुर्याएका छन् जसमा तीन पटक च्याम्पियन बनाउन सफल भए ।
धोनी आईपीएलमा सर्वाधिक सफल कप्तान हुन् । मुम्बई आजको खेलमा विजयी भए पाँचौ पटक आईपीएलको फाईनलमा पुग्ने छ । हालसम्म मुम्बई र चेन्नईले समान तीन पटक आईपीएलको उपाधि जितेका छन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]