default_image

7 years ago

May 7, 2019

प्रदेश २ लाई मनमोहन यू–१६ उपाधि, सुवास सर्वोकृष्ट

182 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – प्रदेश २ ले मनमोहन मेमोरियल यू १६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । सुदूरपश्चिम प्रदेशलाई ४ विकेटले पराजित गर्दै प्रदेश २ च्याम्पियन बनेको हो ।

प्रदेश २ ले उपाधिसहित २ लाख ५० हजार रुपैयाँ र सोही रकम बराबरको ब्याट,बल किट,लगायतको खेलकुद सामग्री प्राप्त गर्यो । सुदरपश्चिमले १ लाख २५ हजार र सोही बराबरको खेलकुद सामग्री प्राप्त गर्यो ।

१ सय ३४ रनको विजयी लक्ष्य पछ्याएको प्रदेश दुईले २६.३ ओभरमा ६ विकेट गमाउँदै पुरा गर्यो । प्रदेश २ को सहज जितमा ओपनर रोहन विकले ३६ नको महत्वपूर्ण योगदान दिए । सातौं ओभरको पाचौं बलमा रन आउट हुनु अघि विकले २१ बलमा समान ३ चौका र छक्का प्रहार गरे ।
त्यस्तै शेख इमरानले १४ रन बनाए । यी दुई ओपनरले पहिलो विकेटका लागि ५७ रनको साझेदारी गर्दै सहज जित तर्फ लम्काएका थिए । तर मिडिल अडरमा निरन्तर विकेट गुम्दा कुनै समय प्रदेश २ ७८–५ को कमजोर अवस्थामा पुगेको थियो ।

विशाल पटेल र निखिल सिंहले छैटौं विकेटका लागि ४१ रनको साझेदारी गरेपछि प्रदेश २ को जित पक्का बनेको थियो । निखिल सिंह २७ रनमा आउट हुँदा पटेल २८ रनमा अविजित रहे । अन्य ब्याट्सम्यानले भने राम्रो प्रर्दशन गर्न सकेनन् । सुदूरपश्चिमका आषिश भट्टले ३,सचिन बदायाक र गोविन्द बिष्टले समान १ विकेट लिए त्यस अघि टस जितेर पहिला ब्याटिङ लिए ।

त्यस अघि टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको सुदूरपश्चिम निर्धारित ३० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३३ रन बनाएको थियो । उनका लागि सुवाश ऐरले ४७ रनको योगदान दिए । उनले ५४ बलमा ७ चौका प्रहार गरेका थिए ।
त्यस्तै सन्दीप बिष्ट २८,आषिश भट्ट २१,गोविन्द बिष्टले १४ रनको योगदान दिए । अन्यको प्रर्दशन भने राम्रो रनहन सकेन । प्रदेश २ का लागि निखिल सिंह र विशाल पटेलले समान ३ विकेट लिए । त्यस्तै प्रसान्त सिंह अरबाज अन्सारीको नाममा १ विकेट रह्यो ।

। प्रतियोगिताको उत्कृष्ट खेलाडी सुदूरपश्चिमका कप्तान सुवास ऐर घोषित भए । त्यस्तै वेष्ट बलर प्रदेश नम्बर तीनका दिपक बोहोरा चुनिए । उनले प्रतियोगिता भर ८ विकेट लिएका थिए । बेष्ट ब्याट्सम्यान प्रदेश ३ का आईश भट्टाई घोषित भए । उदयमान खेलाडी प्रदेश नम्बर तीनका स्पिनर भार्गव चटौट चुनिए । वैशाख १८ गतेबाट सुरु भएको प्रतियोगितमा ७ प्रदेशको सहभागिता रहेको थियो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.