default_image

7 years ago

May 7, 2019

फाइनल पुग्न मुम्बईलाई सामान्य लक्ष्य

145 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग(आईपीएल) को पहिलो क्वालिफायर खेलमा चेन्नई सुपर किंग्सले मुम्बई इन्डियन्सलाई १ सय ३२ रनको समान्य लक्ष्य दिएको छ ।

घरेलु मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको चेन्नईले निर्धारित २० ओभरमा ४ गुमाउँदै १ सय ३१ रन बनायो । चेन्नईका आम्बाती रायडुले सर्वाधिक ४२ रन बनाए । उनले ३७ बलमा ३ चौका र १ छक्का प्रहार गरे । चेन्नईलाई मध्यम योगफल सम्म पुर्याउन कप्तान महेन्द्र सिंह धोनी तल्लो क्रममा ३७ रनमा अविजित रहे । धोनीले २९ बलमा ३ छक्का प्रहार गरे । अन्तिम ओभरको पहिलो बलमा जसप्रित बुमराहले महेन्द्र सिंह धोनीलाई क्याच आउट गराएपनि नो बल भएपछि जीवन दान पाएका थिए ।

चेन्नईको सुरुवात खराव रह्यो । तेस्रो ओभरको पहिलो बलमा राहुल चाहरले अनोमल प्रितीसिंहबाट फाफ डु प्लेसिसलाइ ६ रनमा क्याच आउट गराए । चौथो ओभरको तेस्रो बलमा जयन्त यादवले आफैं क्याच लिदैं सुरेश रैनालाई ५ रनमा आउट गरे । छैटौं ओभरको अन्तिम बलमा कुनाल पान्ड्याले जयन्त यादवबाट शेन वाटशनलाई १० रनमा क्याच गराएपछि सुरुवाती समय चेन्नई दवावमा परेको थियो । १३ ओभरको पहिलो बलमा राहुल चाहारलेनै विकेटकीपर क्विन्टन डी ककबाट मुरली विजयलाई २६ रनमा स्टम्पिङ आउट गरे । विजयले २६ बलमा ३ चौका प्रहार गरे ।

पाँचौ विकेटका लागि कप्तान महेन्द्र सिंह धोनी र आम्बाती रायडुले ६६ रनको अविजित साझेदारी गरेपछि चेन्नईले प्रतिस्पर्धात्मक योगफल बनाउन सकेको हो । मुम्बईका लागि राहुल चाहारले २,जयन्त यादव र कुनाल पान्ड्याले समान १ विकेट लिए ।

आजको विजेता टोली सोझैं फाईनलमा प्रवेश गर्ने छ । पराजित हुने टोलीले बुधबार हुने दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीचको विजेतासँग फाईनल प्रवेशको लागि पुन दोस्रो क्वालिफायर खेल्न पाउने छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.