default_image

7 years ago

May 8, 2019

दिल्लीलाई हैदरावादको बलियो चुनौती

144 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को एलिमिनेटर खेलमा सनराइजर्स हैदरावादले दिल्ली क्यापिटल्सलाई १ सय ६३ रनको लक्ष्य दिएको छ । घरेलु मैदान विशाखापट्नमा टस हारेर पहिला ब्याटिङ थालेको हैदरावादले निर्धारित २० ओभरको ८ विकेट गुमाउँदै १ सय ६२ रन बनायो ।

उसका लागि ओपनर मार्टिन गुप्टिलले १९ बलमा ४ छक्का र १ चौका सहित ३६ सर्वाधिक रनको योगदान दिए । कप्तान केन विलियम्सनले २७ बलमा २ चौका सहित २८ रन बटुले ।

मनिष पान्डेले ३६ बलमा ३ चौका सहित ३०,रिद्धीमान शाह ८ रनमा आउट भए । तल्लो कमका विजय शंकरले ११ बलमा समान २ चौका र छक्का सहित २५ रनको योगदान दिदै हैदरावादलाई प्रतिस्पर्धात्मक योगफल सम्म पुर्याए । मोहम्मद नाबीले १३ बलमा ३ चौका र १ छक्कासहित २० रनमा आउट भए ।

चौथो ओभरको पहिलो बलमा ईशान्त शर्माले कप्तान श्रेयस ऐरबाट क्याच आउट गराएपछि हैदरावादले पहिलो विकेटका रिद्धीमान शाहलाइ गुमाएको थियो । सातौ ओभरको तेस्रो बलमा आक्रमक ब्याटिङ गरि रहेका गुप्टिललाई अमित मिश्राले किमो पलबाट क्याच गराए । यी दुबै आउट भएपछि हैदरवादले सुस्त गतिमा रन जोडेको थियो ।

चौधौं ओभरको चौथो बलमा पलले पान्डेलाई क्याच आउट गराए । १६ औं ओभरको पाँचौ बलमा इशान्त शर्माले विलियम्सनलाई बोल्ड आउट गरेपछि हैदरावाद ठूलो योगफल बनाउनबाट चुकेको हो । दिल्लीका किमो पलले सर्वाधिक ३ विकेट लिए । त्यस्तै ईशान्त शर्माले २, अमित मिश्रा र टेन्ट्र बोल्टको नाममा समान १ विकेट रह्यो ।

आजको विजेता टोलीले फाईनल प्रवेशको लागि आगमी शुक्रबार चेन्नई सुपर किंग्ससँग खेल्ने छ । मुम्बई चेन्नईलाई हराउँदै फाईनलमा पुगि सकेको छ । दिल्लीले आजको खेलमा पनि नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई बेन्चमा राखेको छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.