default_image

5 years ago

May 12, 2019

चेन्नईले आईपीएल जित्न सक्ने ४ आधार

31 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को १२ औं संस्करणको फाईनलमा आज चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल नेपाली समय अनुसार साँझ ७ : ४५ देखी हैदरावादको राजिव गान्धी इन्टरनेशल क्रिकेट स्टेडियममा सुरु हुने छ । दुबै टोली चौथो पटक आईपीएलको उपाधि जित्ने दाउँमा छन् । यस सिजनका तीनै खेलमा चेन्नई मुम्बईसँग पराजित भएको छ । क्वालिफायरमा मुम्बईले चेन्नईलाई ६ विकेटले पराजित गरेको थियो । चेन्नईले दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गर्दै पुन मुम्बईसँगको भेट पक्का गर्योे ।

जारी प्रतियोगिताकै सर्वाधिक अनुभवी खेलाडीले भरिएको चेन्नईले सन् २०१०, २०११ र २०१८ मा उपाधि जितेको थियो । यी चार आधार मुम्बईलाई हराउँदै चेन्नईले उपाधि जित्न सक्छ ।

४. ताहिरको लय र मजबुत स्पिन आक्रमण

जारी आईपीएलमा चेन्नईको मुख्य हतियार स्पिनर बलर हो । चेन्नईलाई फाईनल सम्म पुर्याउन स्पिनर बलरको प्रर्दशन र योगदान महत्वपूर्ण छ । दक्षिण अफ्रिकी ईमरान ताहिरले १६ खेलमा २४ विकेट लिँदै सर्वाधिक विकेट लिने खेलाडीको सुचिमा दोस्रो स्थानमा छन् । पर्पल क्यापका दाबेदार ताहिर भन्दा अघि कागीसो रबाडा २५ विकेटका साथ शीर्ष स्थानमा छन् । ताहिरले आफ्नो लयलाई आजको खेलमा पनि निरन्तरता दिए चेन्नईको उपाधि जित्ने सपना सहज बन्न सक्छ ।

ताहिर मात्र होइन हरभजन सिंह,रविन्द्र जडेजा र ड्वेन ब्राभोले पनि उत्कृष्ट प्रर्दशन गरि रहेका छन् । हरभजन सिंहले १६ र रविन्द्र जडेजाले १५ विकेट लिदै सर्वाधिक विकेट लिने सुचिमा क्रमश १० र ११ औं स्थानमा छन् । त्यस्तै ड्वेन ब्राभोले ११ विकेट चट्काएका छन् । हरभजन सिंहले पावर प्ले,ताहिर र जडेजाले मिडिल अडर तथा ड्वेन ब्राभोले डेर्थ ओभरमा आफ्नो प्रभाव जमाई रहेका छन् । स्पिनरको उत्कृष्ट प्रर्दशनमा चेन्नईले चौथो पटक आईपीएलको उपाधि जित्न सक्छ ।

३. दिपक चाहरको लय

मध्य गतिका बलर दिपक चाहरको प्रर्दशन लोभ लाग्दो छ । चेन्नईल सम्म पुग्न चाहरको प्रर्दशन उत्कृष्ट छ । ७.५३ को ईकोनमीमा रन खर्चेर १६ खेलमा १९ विकेट लिदैं सर्वाधिक विकेट खेलाडीको सुचिमा चौथो स्थानमा छन् । चाहरले पावर प्ले र डेथ ओभरमा राम्रो बलिङ गर्दै आएका छन् । आजको खेलमा पनि त्यो प्रर्दशनलाई निरन्तरता दिने हो भने मिडिल अडरमा चेन्नईका स्पिनर हाबी हुने निश्चित छ । चाहरको उत्कृष्ट प्रर्दशनमा चेन्नईको उपाधि जित्ने सपना सहज बन्न सक्छ ।

२. अनुभवी टप अडर

प्रतियोगिता अघि चेन्नई कागजी रुपमा कमजोर टोली मध्यको एक हो । तर प्रतियोगिताकै सर्वाधिक अनुभवी टोलीमा पर्दछ । शीर्ष क्रममा ब्याट्सम्यान शेन वाटशन, फाफ डु प्लेसिस, सुरेश रैना, मुरली विजय र आम्बाती रायडुले टोलीको आवश्यकता अनुसार आक्रमक र रक्षात्मक दुबै शैलीमा खेल्ने क्षमता राख्दछन् । दवावमा पनि रन जोड्न माहिर छन् । अन्य खेलको तुलनामा फाईनल खेल सबै खेलाडीलाई केहि दवाव पनि हुने गर्दछ । दवावमा खेल्न सक्ने खेलाडीलेनै उत्कृष्ट प्रर्दशन गर्न सक्छन् । चेन्नईका टप अडरका सबै खेलाडी अनुभवी र थुप्रै पटक फाईनल खेल खेलि सकेका छन् । जसको फाईदा चेन्नईलाई पुग्न सक्छ ।

फाफ डु प्लेसिसले लयमा छन् । रैनाले ३ सय ७५, डु प्लेसिसले ३ सय ७०, वाटशनले ३ सय १८ र रायडुले २ सय ८१ रन बटुलेका छन् । चेन्नईले उपाधि सपनामा शीर्ष क्रममा ब्याट्सम्यानको प्रर्दशनमा निर्भर रहने छ । यी टप अडरका ब्याट्सम्यानको उत्कृष्ट प्रर्दशनमा चेन्नईले पुन उपाधि जित्न सक्छ ।

१. महेन्द्रसिंह धोनी

आईपीएल सुरु हुनु अघि चेन्नई फाईनल सम्मको यात्रा तय गर्न सक्दा भनेर सायद कमैले आकलन गरेका थिए । कप्तान महेन्द्र सिंह धोनीले आफ्नो प्रभाव यो पटक पनि डगमगाउन दिएनन् ।

उमेर ढल्किदो भएपनि प्रर्दशन र नेतृत्वमा धोनीले कुनै कमी आउन दिएनन् । आफ्नो उत्कृष्ट प्रर्दशन र कप्तानीमा चेन्नईलाई पुन फाईनल सम्म पुर्याए । अव उपाधि दिलाउन एक पाईला पछि छन् । जारी आईपीएलमा उत्कृष्ट फिनिसिङ गरि रहेका धोनीको प्रर्दशन लोभलाग्दो छ । धोनीले १३७.५४ को स्टाईका रेटमा कुल ४ सय ४२ रन जोडेका छन् । जसमा बेस्ट प्रर्दशन ८२ रनमा नट आउट छ । धोनीले उत्कृष्ट प्रर्दशन र कप्तानी गर्दै चेन्नईलाई पुन उपाधि जित्न सक्छ ।

May 7, 2024

एन्जल्स हार्टले केएमसीलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद)– एन्जल्स हार्ट स्कुलले जयकुमारनाथ शाह स्मृति यु १६ अन्तर स्कुल क्रिकेट प्रतियोगितामा मंगलबार केएमसीलाई हराएको छ । एन्जल्स हार्टले केएमसीलाई ६ विकेटले हराएको हो । १ सय ६३ लक्ष्य पछ्याएको एन्जल्स हार्टसले १९.३ ओभरमा ४ विकेटको क्षेतिमा जित हासिल गरेको थियो । टोलीका लागि युवराज खत्रीले ३६ बलमा ४९, जोय थापा २९ […]

May 7, 2024

सूर्यकुमारको शतकसहित मुम्बईको सहज जित

एजेन्सी – सूर्यकुमार यादवको शतकको मद्दतमा मुम्बई इण्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार सनराइजर्स हैदराबाद माथि सहज जित दर्ता गरेको छ । मुम्बईले हैदराबादलाई ७ विकेटले हराएको हो । हैदराबादले दिएको १ सय ७४ रनको लक्ष्य मुम्बईले १७.२ ओभरमै ३ विकेट मात्र गुमाएर भेट्टायो । मुम्बईका सूर्यकुमारले ५१ बलमा १२ चौका र ६ छक्का […]

May 6, 2024

मुलपानी क्रिकेट मैदानको डिजाइन प्रस्तुत

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय गौरवको आयोजनामा परेको मुलपानी क्रिकेट मैदानको डिजाइन आज युवा तथा खेलकुद मन्त्रालयमा प्रस्तुत गरिएको छ। युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंक लाल घिसिङ, मन्त्रालयका सचिव सुमनराज अर्याल लगायतको उपस्थितिमा मुलपानी मैदानको डिजाइन र संरचनाको बारेमा पुल्चोक इन्जिनियरिङ कलेजले डिजाइन प्रस्तुत गरेको हो। डिजाइन अनुसार हालको […]

Success

Thank you for your time.