7 years ago
May 13, 2019
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एक दिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता आगामी जेठ १ देखि कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुँदैछ ।
नेपाली घरेलु क्रिकेटमा पछिल्लो समय फेन्चाइज लिगमा टी ट्वान्टीका स्वरुपका डीपीएल,ईपीएल र पीपीएल जस्ता प्रतियोगिता हुँदै आएका छन् । यी फ्रेन्चाइज लिगनै नेपाली घरेलु क्रिकेट धानेको छ । दुई वर्ष अघिबाट सुरु भएको पीएम कप नै नेपालको एक मात्र राष्ट्रिय स्तरको एकदिवसिय प्रतियोगिता हो ।
नयाँ युवा खेलाडीलाई गाउँ, टोल, जिल्ला र प्रदेश हुँदै राष्ट्रिय स्तरका खेलाडीसँग खेल्ने यो सबैभन्दा ठूलो अवसर हो । फ्रेन्चाइज लिगमा नाम चलेका खेलाडीमाथि मात्र अक्सनमा मुल्य लाग्ने हुँदा नयाँ युवा खेलाडीहरु ओझेलमा परेको थुप्रै उदारण छन् । पीएम कपको प्रर्दशनले फ्रेन्चाइज लिगलाई समेत बाटो खुल्ला बनाउँछ ।

उपाधि विजेताले २० लाख र उप विजेताले १० लाख प्राप्त गर्ने पीएम कपमा ब्याट्सम्यानले छक्का हानेको बल एक हातले क्याच लिने दर्शकले ५० हजार नगद प्राप्त गर्ने छन् । प्रतियोगिताकै उत्कृष्ट खेलाडीले एक थान मोटरसाईकल,उत्कृष्ट ब्याट्सम्यान र बलरले समान ५० हजार प्राप्त गर्ने बताईएको छ ।
देशकै सर्वाधिक धनराशीको एकदिवसिय प्रतियोगितामा राष्ट्रिय स्तरका केहि खेलाडीले व्यतिगत र स्वास्थ्यको कारण देखाउँदै यसअघिका दुई संस्करण खेलेका थिएनन् । प्रतियोगिता नखेल्ने राष्ट्रिय खेलाडीको सङ्ख्या बढ्न थालेपछि यस पटक राखेपले प्रतियोगिता सुरु हुनु अघिनै सबै राष्ट्रिय खेलाडीलाई पीएम कप खेल्न पत्रचार गरेको बताएको थियो । नखेल्ने खेलाडीलाई स्पष्टिकरण सोधिने राखेपले जनाएको थियो ।
यसअघिका दुई संस्करण विदेशमा रहेका कारण नखेलेका नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का यस पटक प्रदेश नम्बर तीनबाट खेल्ने तयारीमा छन् । दोस्रो संस्करण कम्मरको समस्याका कारण नखेलेका उप कप्तान ज्ञानेन्द्र मल्ल पनि प्रदेश तीनबाटै खेल्ने छन् । राष्ट्रिय टोलीका दुई मुख्य खेलाडी प्रतियोगितामा फर्कंदा यी तीन स्टार नेपाली खेलाडी भने पीएम कप देखिने छैनन् :
३. सागर पुन
राष्ट्रिय टोलीमा युवा अलराउण्डरको छवि बनाएका सागर पुन पीएम कप खेल्ने छैनन् । एभरेष्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत गत पुषमा किंग्स ईलाभेन काठमाडौंबाट ललितपुर पप्याट्रीयट्सविरुद्ध क्वालिफायर खेलमा बलिङ गर्ने क्रममा खुट्टामा समस्या आएपछि उनको शल्यक्रिया भएको थियो । जसको कारण उनी अझैसम्म फिट भएका छनैन् । उनलाई पूर्ण फिट भएर मैदान फर्कन ५-६ महिना लाग्न सक्ने सागर बताउछन् ।

उनले चोटका कारण यसपटक पीएम कप खेल्ने छैनन् । सागरले यसअघिका दुवै संस्करणमा त्रिभुवन आर्मी क्लवबाट खेलेका थिए । गत वर्ष सागर प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भएका थिए । उत्कृष्ट खेलाडी घोषित भएका उनले ६ खेलमा ११ विकेट लिनुका साथै कुल २ सय ११ रन जोडेका थिए । जसमा १ शतक सामेल थियो ।
२. सुवास खकुरेल
नेपाली राष्ट्रिय टोलीका ओपनर तथा विकेटकीपर सुवास खकुरेल पनि पीएम कप खेल्ने छैनन् । उनी हातको समस्याको कारण नखेल्ने भएका हुन् । नेदरल्यान्ड र यूएईसँगको सिरिजपछि हातको समस्या पुन बल्झिएको उनि बताउछन् । डाक्टरको सल्लाह अनुसार एक दुई महिना आराम गर्नुपर्छ ।

सुवासको हातमा शल्यक्रियाका क्रममा रड हालिएको छ । उक्त रड अझै दुई वर्ष निकाल्न नमिल्ने उनी बताउँछन् । गत वर्ष पीएम कपको उपाधि एपीएफलाई दिलाउन उनले उत्कृष्ट प्रर्दशन गरेका थिए । सुवासले पीएम कपमा ५ खेलमा १ शतक सहित २ सय ८ रन बटुलेपछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका थिए ।
१. सन्दीप लामिछाने
लेग स्पिनर सन्दीप लामिछानेले पनि पीएम कप खेल्ने छैनन् । लेग स्पिनर सन्दीपलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका फ्रेन्चाईज लिग खेल्न भ्याई नभ्याई छ । इन्डियन प्रिमियर लिग (आईपीएल) खेलेर शनिवार नेपाल फर्किएपछि सन्दीपले पीएम कप नखेल्ने घोषणा गरेका थिए । केहि समय उनले अब विश्राम लिनेछन् । त्यसैले पीएम कप खेल्ने छैनन् ।

पछिल्लो एक वर्ष निरन्तर राष्ट्रिय टोली र अन्तर्राष्ट्रिय फेन्चाईज लिग खेली रहेका सन्दीपले केहि समय आराम गर्नुका साथै घर परिवार र साथीभाईलाई समय दिने बताए । सन्दीपले यस अघिका दुवै संस्करण खेलेका थिएनन् ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]