7 years ago
May 14, 2019
एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) मा आईतबार राती सम्पन्न फाईनल खेलमा चेन्नई सुपर किंग्सलाई १ रनले हराउँदै मुम्बई इन्डियन्सले उपाधि जितेको थियो ।

१ सय ५० रनको लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै मात्र १ सय ४८ रन बनाएपछि झिनो अन्तरले उपाधि जित्न चुक्न पुग्यो । चेन्नईका लागि ओपनर शेन वाटशनले ८० रन बटुलेपनि टोलीको हार टार्न सकेनन् ।
वाटशन देब्रे (बाँया) खुट्टामा चोट लागेर रगत बगि रहँदा पनि ब्याटिङ गरि हेको खुलसा भएको छ । मैदानमा हुन सम्म उनले यो कुरा टिम र साथी कसैलाई पनि थाहा दिएका थिएनन् । निरन्तर ब्याटिङ गरिरहे । जब वाटशन अन्तिम ओभरको चौथो बलमा रन आउट भएर पेभिलिएन फर्के बल्ल थाहा भयो की उनको खुट्टामा ठूलो चोट पो लागेको रहेछ । जुन खुट्टामा अहिले ६ ओटा टाँका लागाईएको भारतीय मिडियाहरुले बताएका छन् । तर वाटशनको कति ओभरमा र के कारणले चोट लाग्न पुग्यो भन्ने खुल्न सकेको छैन ।

वाटशन टोलीको जितको लागि ठूलो चोटका बाबजुद मैदानमा अन्तिम समय सम्म संघर्ष गरि रहे । उनले खुट्टाको चोटको कुनै प्रवाह नगरि आफ्नो सबै ध्यान चेन्नईलाई उपाधि दिलाउन केन्द्रीत राखे । घाईते भएपछि पनि उनि मैदान छाडेर पेभिलिएन फर्किएनन् । वाटशनले ब्याटिङ गरि रहे ।
महेन्द्र सिंह धोनी, फाफ डु प्लेसिस, सुरेश रैना र आम्बाती रायडु सस्तैमा आउट भएको अवस्थामा चेन्नईको अन्तिम आसा र भरोसा पनि वाटशनमाथिनै थियो । जसको कारण उनले खुट्टाको चोटलाई व्यवास्ता गर्दै ब्याटिङ गरेका हुनसक्छन् । रगतले उनको टाउजरनै भिजि रहेको थियो । जुन तस्विरमा प्रष्ट देखिन्छ ।
तर दुभाग्र्यनै भन्नुपर्छ । अन्तिम ओभरको चौथो बलमा वाटशन ५९ बलमा ८ चौका र ४ छक्का प्रहार गर्दै ८० रन आउट भए । उनी रन आउट भएपछि चेन्नई उपाधि जित्नबाट चुकेको थियो । चेन्नईलाई उपाधि जिताउन असफल भए पनि उनको त्यो हिम्मत,लगाव र क्रिकेट प्रतिको त्यागलाई जति शब्दले बयान गरेपनि कमिनै हुने छ । जसको कारण उनले उपाधि जिताउन नसके पनि समर्थक र शुभ चिन्तकको भने मन जित्न सफल भएका छन् ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]