default_image

5 years ago

May 14, 2019

डब्लुसीएल ड्राफ्ट सम्पन्न, ५५ खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – वुमन्स च्याम्पियन्स लिग (डब्लुसीएल) टी-२० लिग को ड्राफ्ट आज काठमाडौंमा सम्पन्न भएको छ । काठमाडौंमा मंगलबार साँझ सकिएको ड्राफ्टबाट ५५ खेलाडीलाई ५ टोलीले अनुबन्ध गरेका छन् । नेपालमै पहिलो पटक भएको ड्राफ्टमा कुल १ सय ९ जना खेलाडीले आफ्नो नाम दर्ता गराएका थिए । डब्लुसिएलमा ललितपुर फाल्कन्स, पोखरा पल्टन, क्याट क्वीन्स, […]

29 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – वुमन्स च्याम्पियन्स लिग (डब्लुसीएल) टी-२० लिग को ड्राफ्ट आज काठमाडौंमा सम्पन्न भएको छ ।

काठमाडौंमा मंगलबार साँझ सकिएको ड्राफ्टबाट ५५ खेलाडीलाई ५ टोलीले अनुबन्ध गरेका छन् । नेपालमै पहिलो पटक भएको ड्राफ्टमा कुल १ सय ९ जना खेलाडीले आफ्नो नाम दर्ता गराएका थिए । डब्लुसिएलमा ललितपुर फाल्कन्स, पोखरा पल्टन, क्याट क्वीन्स, चितवन राइनोज र विराटनगर टाइन्टस गरि ५ टोलीले प्रतिस्पर्धा गर्दै छन् । ड्राफ्टबाट हरेक टोलीले ११-११ खेलाडी समेटिएका छन् ।

ड्राफ्टमा डायमण्ड, सफाएर र रुबिज गरि तीन श्रेणीमा राखि खेलाडी अनुबन्ध गरिएको थियो । डायमण्ड श्रेणीमा अहिले राष्ट्रिय टोलीबाट खेलिरहेका खेलाडीहरू रहेका थिए । डायमण्ड श्रेणीमा रहेका खेलाडीको मुल्य ७५ हजार तोकिएको थियो । रुबीजमा राष्ट्रिय टोलीबाट कुनै पनि अन्तर्राष्ट्रिय खेलमा प्रतिनिधित्व गरिसकेका खेलाडी राखिएको थियो । जसको मुल्य ५० हजार थियो । सफायरमा क्षेत्र वा प्रदेशबाट राष्ट्रिय प्रतियोगिता खेलेका खेलाडी रहेका थिए । जसको मुल्य २५ हजार छ ।

प्रतियोगितामा सहभागी प्रत्येक टोलीले दुई जना वाइल्ड कार्ड इन्ट्रीका खेलाडीलाई समावेश गर्नुपर्नेछ । जसको लागि केहि दिनमा आयोजकले ट्यालेन्टहटमार्फत अनुबन्ध गर्ने जनाएको छ । क्विन्स इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना गर्ने डब्लुसिएल असोज ३ गतेदेखि ११ गते सम्म कीर्तिपुर स्थित टियु क्रिकेट मैदानमा हुने बताईएको छ ।

ड्राफ्टमा छनोट भएका खेलाडीहरु :

१. काजल श्रेष्ठ – चितवन राइनोज – डायमन्ड
२. ज्योती पाण्डे – विराटनगर टाइटन्स – रुबीज
३. कविता कुवँर – पोखरा पल्टन – डायमन्ड
४. ममता चौधरी – ललितपुर फाल्कन्स – डायमन्ड
५. अप्सरी बेगम – क्याट क्वीन्स – डायमन्ड
६. रोमा थापा – क्याट क्वीन्स – डायमन्ड
७. करुणा भण्डारी – ललितपुर फाल्कन्स – डायमन्ड
८. अन्जली चन्द – पोखरा पल्टन – रुबीज
९. सोनु खड्का – विराटनगर टाइटन्स – डायमन्ड
१०. रितु कनौजिया – चितवन राइनोज – डायमन्ड
११. सुमन विष्ट – क्याट क्वीन्स – सफाएर
१२. कविता जोशी – ललितपुर फाल्कन्स – सफाएर
१३. डली भट्ट – विराटनगर टाइटन्स – रुबीज
१४. सुमन खतिवडा – चितवन राइनोज – सफाएर
१५. रुबी पोद्दार – पोखरा पल्टन – सफाएर
१६. विन्दु रावल – पोखरा पल्टन – डायमन्ड
१७. रेखा रावल – चितवन राइनोज – रुबीज
१८. लक्ष्मी चौधरी – विराटनगर टाइन्टस – रुबीज
१९. सरिता दिस्वा मगर – ललितपुर फाल्कन्स – रुबीज
२०. रश्मी शर्मा चौलागाईं – क्याट क्वीन्स – रुबीज
२१. सरस्वती पुन – चितवन राइनोज – सफाएर
२२. अनुराधा चौधरी – पोखरा पल्टन – रुबीज
२३. कृती सेन – ललितपुर फाल्कन्स – सफाएर
२४. अारती विडारी – विराटनगर टाइटन्स – डायमन्ड
२५. संगीता राई – क्याट क्वीन्स – रुबीज
२६. सरस्वती चौधरी – क्याट क्वीन्स – रुबीज
२७. सबनम राई – विराटनगर टाइटन्स – रुबीज
२८. रोशनी बोहोरा – ललितपुर फाल्कन्स – रुबीज
२९. रेवती धामी – पोखरा पल्टन – सफाएर
३०. अस्मिता खरेल – चितवन राइनोज – सफाएर
३१. प्यारी चौधरी – चितवन राइनोज – सफाएर
३२. सीमा थापा – ललितपुर फाल्कन्स – सफाएर
३३. नितु भण्डारी – क्याट क्वीन्स – सफाएर
३४. मञजुकुमारी बोगटि – पोखरा पल्टन – सफाएर
३५. कृतिका मरासिनी – विराटनगर टाइटन्स – सफाएर
३६. अस्मिना कर्माचार्य – विराटनगर टाइटन्स – सफाएर
३७.राजमती ऐरी – पोखरा‌ पल्टन – सफाएर
३८. ममता थापा – क्याट क्वीन्स – रुबीज
३९. गीता गोसाई – ललितपुर फाल्कन्स – सफाएर
४०. कन्चन श्रेष्ठ – चितवन राइनोज – सफाएर
४१. ईश्वरी विष्ट – क्याट क्वीन्स – सफाएर
४२. सरस्वती घर्ती मगर – पोखरा पल्टन – सफाएर
४३. शान्तिकुमारी चौधरी – ललितपुर फाल्कन्स – सफाएर
४४. सन्तोषी चौधरी – चितवन राइनोज – रुबीज
४५. शर्मीला रोका मगर – विराटनगर टाइटन्स – सफाएर
४६.सन्जु लामा – चितवन राइनोज – सफाएर
४७. सम्झना खड्का – ललितपुर फाल्कन्स – सफाएर
४८. नविना खड्का – पोखरा पल्टन – सफाएर
४९. लक्ष्मी साउद – क्याट क्वीन्स – सफाएर
५०. मनीषा राना – क्याट क्वीन्स – सफाएर
५१. निशा भट्ट – पोखरा पल्टन – सफाएर
५२.अलिशा केसी – ललितपुर फाल्कन्स – सफाएर
५३. सावित्रा जिसी – चितवन राइनोज – सफाएर
५४. प्रतिक्षा बस्याल – विराटनगर टाइटन्स – रुबीज
५५. कृष्मा गुरुङ – विराटनगर टाइटन्स – सफाएर

March 28, 2024

नेपाल ‘ए’ र आयरल्यान्ड वल्भस बीचको पहिलो खेल रद्द

काठमाडौं (हाम्रो खेलकुद) – टियु क्रिकेट मैदानमा पाहुना टोली आयरल्यान्ड वल्भस र नेपाल ‘ए’ बीच आजदेखि सुरु हुन लागेको तीन खेलको टि-२० शृंखला अन्तर्गतको पहिलो खेल रद्द भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले वर्षाका कारण मैदान भिजेको हुनाले खेल रद्द भएको जानकारी दिएको छ । आइरिश टोलीले नेपाल ‘ए’ विरुद्ध ३ टि-२० र […]

March 28, 2024

रनको वर्षा भएको खेलमा हैदराबादद्वारा मुम्बई पराजित

एजेन्सी – कीर्तिमानी योगफल सहित रनको वर्षा भएको खेलमा सनराईजर्स हैदराबादले मुम्बई इन्डियन्स विरुद्ध जित दर्ता गरेको छ । हैदराबादले मुम्बई माथि ३१ रनको जित निकालेको हो । घरेलु मैदानमा भएको खेलमा हैदराबाद इंडियन प्रिमियर लिग (आईपिएल) इतिहासको सबैभन्दा ठूलो योगफल खडा गरेको थियो । टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा ३ […]

March 27, 2024

चेन्नाईको लगातार दोस्रो जित

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) को १७औं संस्करणमा साविक विजेता चेन्नाई सुपर किंग्सले लगातार दोस्रो जित दर्ता गरेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा चेन्नाईले गुजरात टाईटन्स माथि ६३ रनको फराकिलो जित दर्ता गरेको हो । २०७ रनको विशाल लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो […]

Success

Thank you for your time.