default_image

7 years ago

May 14, 2019

इमामको १५१ सँगै इंग्ल्यान्डलाई विशाल लक्ष्य

142 views

0 Bookmark

एजेन्सी – ओपनर ईमाम उल हकले आफ्नो वान डे करियरकै उत्कृष्ट प्रर्दशन गरेपछि तेस्रो खेलमा पाहुना टोली पाकिस्तानले इंग्ल्यान्डलाई ३ सय ५९ रनको विशाल लक्ष्य दिएको छ ।

ब्रिस्टलमा टस हारेर पहिला ब्याटिङ थालेको पाकिस्तानले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३ सय ५८ रन बनायो । पाकिस्तानका लागि ओपनर इमाम उल हकले आफ्नो ओडीआई करियरकै उत्कृष्ट तथा छैटौं शतक प्रहार गर्दै १ सय ५१ रनको योगदान दिए । ४६ ओभरको दोस्रो बलमा टम कुरनले बोल्ड आउट गर्नु अघि उनले १ सय ३१ बलमा १६ चौका र १ छक्का प्रहार गरे ।

त्यस्तै आशिफ अलीले ४३ बलमा ३ छक्का र २ चौका सहित ५२, ह्यारिस सोहेल ४१, बाबर आजम १५, फखार जमान २,सरफराज अहमिद २७ रनमा आउट भए । ईमाद वासिम २२,फहिम असरार्फ १३ रनमा आउट हुँदा हसन अली १८ रनमा अविजित रहे । हसनले ९ बलमा २ छक्का र १ चौका प्रहार गरे ।

इंग्ल्यान्डका लागि क्रिस वोक्सले १० ओभरमा ६७ रन खर्चेर ४ विकेट लिए । त्यस्तै टम करनले २ र डेविड विल्ली र लियाम प्लन्केटको नाममा समान १ विकेट रह्यो । पाँच ओडीआई सिरीजमा पहिलो खेल वर्षको कारण रद्ध हुँदा दोस्रो खेल इंग्ल्यान्डले १२ रनले जितेको थियो । सम्रगमा इंग्ल्यान्ड सिरिजमा १-० ले अघि छ ।

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

Success

Thank you for your time.