default_image

5 years ago

May 23, 2019

७ प्रदेशका ७ स्टार खेलाडी

भुपेन्द्र जिसी, काठमाडौं नेपाली खेलकुदमा विभागीय टोलीले प्रदेशको टोलीमाथि दबदबा कायम गर्दै आएका छन् । क्रिकेट खेल पनि त्यसबाट अछुतो छैन । प्रादेशिक टोलीले बिरलै विभागीय टोलीलाई स्तब्ध पार्न क्षमता राख्छन् । यदि कुनै प्रदेशको टोली राम्रो देखियो भने अर्को प्रतियोगितासम्म त्यस टोलीका केहि सदस्य विभागमा अनुबन्ध भइसक्छन् । यसपटक प्रधानमत्री कप क्रिकेटमा नेपाली राष्ट्रिय […]

34 views

0 Bookmark

भुपेन्द्र जिसी, काठमाडौं

नेपाली खेलकुदमा विभागीय टोलीले प्रदेशको टोलीमाथि दबदबा कायम गर्दै आएका छन् । क्रिकेट खेल पनि त्यसबाट अछुतो छैन । प्रादेशिक टोलीले बिरलै विभागीय टोलीलाई स्तब्ध पार्न क्षमता राख्छन् । यदि कुनै प्रदेशको टोली राम्रो देखियो भने अर्को प्रतियोगितासम्म त्यस टोलीका केहि सदस्य विभागमा अनुबन्ध भइसक्छन् ।

यसपटक प्रधानमत्री कप क्रिकेटमा नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले विभागीय टोलीलाई छाड्दै प्रदेश ३ बाट खेल्नुले भने नयाँ संदेश दिएको छ । कागजमा हेर्दा प्रदेश ३ उपाधि दाबेदारको रुपमा दरिएको छ । प्रदेश ३ सँगै अन्य प्रदेशमा पनि केहि स्टार खेलाडी भने रहेका छन् ।

तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता शुक्रबारदेखि जेठ २५ सम्म मुलपानी र टीयू क्रिकेट मैदान कीर्तिपुरमा चल्नेछ । प्रतियोगितामा ७ प्रदेश र तीन विभागिय गरि १० टोलीले प्रतिस्पर्धा गर्ने छन् । समुह ए मा एपीएफ, प्रदेश ५, प्रदेश ३, सुदुरपश्चिम र गण्डकी रहेका छन् । समुह बी मा त्रिभुवन आर्मी, नेपाल पुलिस, प्रदेश २, प्रदेश १ र कर्णाली प्रदेश रहेका छन् । राउन्ड रोविन लिग पछि समूहका शीर्ष २ टोली सेमिफाइनल पुग्नेछन् ।

नेपाली घरेलु क्रिकेटमा विभागिय टोलीको वश्र्चव रहदैं आएको छ । विभागिय टिमहरुले राष्ट्रिय टोलीमा उत्कृष्ट प्रर्दशन गर्ने प्राय सबै खेलाडीहरुलाई अनुबन्ध गरेका हुन्छन् । प्रतियोगिता सुरु हुन १ दिन बाँकी रहेको अवस्थामा केहि टोलीले आफ्नो अन्तिम टिम अझै घोषणा गरेका छैनन् । यस पटक पीएम कपमा ७ प्रदेशका ७ महत्वपूर्ण खेलाडी यस प्रकार रहेका छन् ।

१. सिद्धान्त लोहनी (प्रदेश १)

सन् २०१५ मा आईसीसी टी-ट्वान्टी विश्वकप छनोटमा सिद्धान्त लोहनीले जर्सिविरुद्ध हेलिकप्टर शट प्रहार गरेपछि चर्चाको शिखर चुमेका थिए । त्यसयता भने राष्ट्रिय टोलीमा स्थान बनाउन सकेका छैनन् । निरन्तर संघर्ष गरिरहेका छन् । पछिल्लो समय घरेलु क्रिकेटमा पनि लोहनीको प्रर्दशन राम्रो छैन ।

यसअघिका दुई संस्करण नेपाल पुलिसबाट खेलेका लोहनी यसपटक भने प्रदेश १ बाट खेल्दै छन् । पुलिसमा अन्य खेलाडीको छायाँमा परेपछि आफुलाई सिद्ध गर्न प्रदेश १ बाट खेल्न लागेको बताउँछन् । ओडीआई मान्यतासँगै नेपाली टोली आगमी तीन वर्ष निकै व्यस्त रहनेछ ।

लोहनीलाई पीएम कपमा अवसर र चुनौती दुवै छ । यो पटक लोहनीले आफुलाई सिद्ध गर्न सके राष्ट्रिय टोलीको सम्भावना बन्न सक्छ । प्रदेश १ लोहनीको प्रर्दशनमा बढि निर्भर रहने देखिन्छ । लोहनीले आफ्नो ब्याट र बल दुवैबाट टोलीलाई जिताउन सक्ने क्षमता राख्दछन् । लोहनीका शुभचिन्तक र समर्थक पनि त्यस्तै प्रर्दशनको पखाईमा छन् । लोहनी प्रदेश १ का महत्वपूर्ण खेलाडी हुन् ।

२. हासिम अन्सारी (प्रदेश २)

हासिम अन्सारी पीएम कपमा पहिलो शतक प्रहार गर्ने खेलाडी हुन् । पहिलो संस्करणको पीएम कपमा अन्सारीले एपीएफविरुद्ध १ सय १ रनको उत्कृष्ट इनिङ खेलेका थिए । अन्सारी प्रदेश २ का भरपर्दा ब्याट्सम्यान तथा उपकप्तान समेत हुन् । अन्सारीको प्रर्दशन प्रदेश २ का लागि निकै महत्त्वपूर्ण हुनेछ ।

गत वर्ष अन्सारीले प्रदेश २ बाटनै प्रतिनिधित्व गरेपनि प्रर्दशन आशा गरेअनुसार हुन सकेन । दुर्भाग्य भन्नुपर्छ यो वर्ष पीपीएल, ईपीएल र डीपीएल जस्ता ठूला फ्रेन्चाइज लिगमा उनी टोली बाहिर रहनु पर्यो । पीएम कपमा अन्सारीले उत्कृष्ट प्रर्दशन गर्न सके उनको लागि फ्रेन्चाइज लिगको लागि ढोका सहज बन्न सक्छ ।

३. पारस खड्का (प्रदेश ३)

पारसको परिचय दिन उनको नाम काफी छ । नेपाली क्रिकेटकै सर्वाधिक सफल कप्तान पारस खड्काले पीएम कपमा भने डेब्यू गर्दै छन् । यस अघिका दुई संस्करणमा विदेशमा रहेको कारण पीएम कप गुमाएका पारसले सशस्त्र प्रहरी बल एपीएफ छाडेर प्रदेश नम्बर तीनबाट खेल्न लागेका हुन् ।

यस पटक प्रदेश तीनमाथि सबैको ध्यान केन्द्रित हुनेछ । पारस खड्का मात्र होइन प्रदेश तीनबाट राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लले पनि खेल्ने हुँदा अझ महत्वका साथ हेरिएको छ । उमेर समूहमा नेपालको प्रतिन्धित्व गरेका खेलाडीको उपस्थितिले टोली झनै बलियो देखिन्छ । यी दुईको उत्कृष्ट प्रर्दशनमा प्रदेश तीनले विभागिय टोलीको एकाधिकार तोड्दै पहिलो पटक उपाधि जित्न सक्छ ।

४. किशोर महतो (गण्डकी)

युवा तीव्र गतिका बलर किशोर महतो गण्डकी प्रदेशका लागि महत्त्वपूर्ण खेलाडी हुन् । पछिल्लो समय महतोले उमेर समुह र घरेलु फ्रेन्चाईज लिगमा उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् । गत वर्ष किशोरले प्रदेश ३ बाट खेलेपनि यो पटक गण्डकीबाट खेल्दै छन् ।

गतवर्ष उनले पीएम कपमा ४ खेलमा ५ विकेट लिन सफल भएका थिए । पावर प्ले तथा डेर्थ ओभरमा उत्कृष्ट बलिङ गर्ने महतोले आफ्नो उत्कृष्ट प्रर्दशनमा गण्डकीको जित सहज बनाउन सक्छन् । ब्याटिङ क्रममा अन्त्यतिर आउने उनले लामो सट प्रहार गर्ने क्षमता पनि राख्दछन् ।

५. सौरभ खनाल (प्रदेश ५)

सौरभ खनाल पहिलो संस्करणको पीएम कपमा सर्वाधिक रन बनाउने खेलाडी हुन् । पहिलो संस्करणमा पश्चिमान्चलबाट खेल्दै सौरभले ४ खेलमा ३ अर्ध शतक सहित २ सय ७० रन जोडेपछि सर्वोत्कृष्ट ब्याट्म्यान घोषित भएका थिए । उक्त प्रतियोगितामा स्ट्राईक रेट १३४.३२ हुँदा वेस्ट ९० नट आउट थियो । जसमा १० चौका र २७ छक्का सामेल थियो ।

अघिल्लो वर्ष प्रदेश ५ बाट खेलेपनि उनले २ खेलमा मात्र ब्याटिङ गर्ने मौका पाएका थिए । पहिलो संस्करणको प्रर्दशनले सौरभलाई राष्ट्रिय टोलीमा मौका पाउन सक्ने अनुमान गरिएको थियो । तर त्यसो हुन सकेन । नेपाली राष्ट्रिय टोलीमा स्थान बनाउन संघर्ष गरि रहेका सौरभ यस पटक प्रदेश पाँचका प्रमुख र ठूलो आसा गरेका खेलाडी हुन् । उनले आफ्नो उत्कृष्ट प्रर्दशनमा प्रदेश पाँचको जित पक्का गर्न सक्छन् । पीएम कपमा पहिलो संस्करणको जस्तै प्रर्दशन दोहोराउन सके सौरभ खनालको लागि राष्ट्रिय टोलीको ढोका सहज बन्न सक्छ ।

६.रविन्द्रजंग शाही (कर्णाली)

नेपाली यू१९ टोलीबाट प्रतिनिधित्व गरि सकेका युवा अलराउण्डर रविन्द्रजंग शाहीको प्रर्दशन कर्णाली प्रदेशका निकै महत्त्वपूर्ण खेलाडी हुन् । शाहीले गत वर्ष प्रदेश ६ अर्थात कर्णालीबाट खेल्दै अलराउन्ड प्रर्दशन गरेका थिए ।

उनको संयमित ब्याटिङ र खेल्ने शैली नेपाली क्रिकेटमा पृथक मानिने गर्छ । पछिल्लो समय शाहीले घरेलु प्रतियोगितामा राम्रो प्रर्दशन गर्दै आएका छन् । कागजमा कमजोर रहेको कर्णालीको प्रदर्शन उनको व्यक्तिगत प्रयासमा अडिने देखिन्छ ।

७. शेर मल्ल (सुदूरपश्चिम)

युवा अलराउन्डर शेल मल्ल सुदुरपश्चिमका महत्वपूर्ण खेलाडी हुन् । गत वर्ष मल्लले ७ नम्बर प्रदेशबाट खेल्दै उत्कृष्ट प्रर्दशन गरेका थिए । मल्लले गत वर्ष प्रदेश ६ विरुद्ध ७.२ ओभरमा १ मेडन सहित २१ रन खर्चेर ५ विकेट लिर्दै म्यान अफ द म्याच घोषित भएका थिए । उनले प्रदेश ३ विरुद्ध ४ र पुलिसविरुद्ध २ विकेट लिदै राम्रो प्रभाव छाडे ।

उनि बलिङमात्र होइन टोलीको आवश्यकता अनुसार ओपनर र मिडिल अडर दुवैमा ब्याटिङ गर्ने क्षमता राख्दछन् । सुदूरपश्चिमको पीएम कपमा अघिल्लो चरणको यात्रा तय गर्न मल्लको प्रर्दशन निकै महत्वपूर्ण हुने छ ।

April 24, 2024

गुजराजविरुद्ध दिल्लीको रोमान्चक जित

एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा बुधबार गुजरात टाइटन्समाथि ४ रनको रोमान्चक जित हासिल गरेको छ । २ सय २५ रनको लक्ष्य पछ्याएको गुजरातले साइ सुदर्शन र डेभिड मिलरको अर्धशतकको मद्दतमा ८ विकेट गुमाएर २ सय २० रन मात्र बनाउन सक्यो । साइले ३९ बलमा ७ चौका र २ चौकामा ६५ रन बनाए […]

April 24, 2024

बोल्ट आइसीसी टि२० विश्वकपको दूत

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले ओलम्पिक लेजेन्ड तथा विश्व कीर्तिमानी धावक उसेन बोल्टलाई आउँदो आइसीसी मेन्स टि२० विश्वकपको दूतमा नियुक्त गरेको छ । आइसीसीले बुधबार एक विज्ञप्ति जारी गर्दै विश्वव्यापी चर्चा र विश्व कीर्तिमानका कारण बोल्टलाई हालसम्मकै सबैभन्दा ठूलो विश्वकपको दूत बनाइएको जानकारी दिएको छ । बोल्टले विश्वकपको प्रचार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने […]

April 24, 2024

लुम्बिनीले सुदूरपश्चिमलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा बुधबार लुम्बिनी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई २३ रनले हराउँदै फाइनलमा पुग्ने संभावना कायमै राखेको छ। लुम्बिनीको जितमा आकाश त्रिपाठीले ६७ रनको पारी खेले। १ सय ३८ रनको विजय लक्ष्य पछाएको सुदूरपश्चिम १८.३ ओभरमा मात्र १ सय १८ रनमा अल आउट भयो। सुदूरपश्चिमले कुनैपनि समयमा ठूलो साझेदारी […]

Success

Thank you for your time.