7 years ago
May 23, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका बलर करण केसीले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको तेस्रो संस्करण आर्मीबाट खेल्ने भएका छन् । आर्मीले बिहीबार पक्का गरेको टोलीमा विनोद भण्डारी कप्तान रहेका छन् । आर्मीले अघिल्लो दुवै संस्करणमा फाइनल यात्रा तय गरेको थियो ।

करणले आर्मीसँग खेल्ने पक्का भएको कप्तान विनोद भण्डारीले जानकारी दिए । करणले एपीएफ छाड्ने भएसँगै गण्डकी प्रदेशबाट खेल्ने सम्भावना पनि रहेको थियो । अब करणले शुक्रबार हुने उद्घाटन खेलमा प्रदेश २ विरुद्ध खेल्नेछन् । करणले गत सिजन एपीएफबाट खेल्दै ६ खेलमा ११ विकेट लिएका थिए । एपीएफले फाइनलमा त्रिभुवन आर्मीलाई पराजित गर्दै उपाधि जितेको थियो । करणले फाइनलमा ३/३८ को उत्कृष्ट प्रदर्शन गरेका थिए ।
आर्मीले आठौं राष्ट्रिय खेलकुदमा छनोट गरेको टोलीबाट दुई खेलाडी परिवर्तन गरेको हो । चोटका कारण विक्रम सोब टोलीमा छैनन् भने राहुल विक पनि टोलीबाट बाहिरिएका छन् । करणसँगै लोकेन्द्र चन्द टोलीमा समेटिएका छन् । करणसँगै राष्ट्रिय टोलीका अर्का तीव्र गतिका बलर सोमपाल कामी, रोहितकुमार पौडेल, कप्तान विनोद, भीम सार्की पनि आर्मीबाट खेल्दैछन् ।
आर्मीको अन्तिम टोली :
१. विनोद भण्डारी (कप्तान)
२. सोमपाल कामी
३. राजु रिजाल
४. हरिबहादुर चौहान
५. भीम सार्की
६. जितेन्द्र मुखिया
७. सुशन भारि
८. साहब आलम
९. कुशल मल्ल
१०. राजेश पुलामी मगर
११. रोहित कुमार पौडेल
१२. करण केसी
१३. हरिकृष्ण झा
१४. लोकेन्द्र चन्द
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]