default_image

5 years ago

May 24, 2019

अष्ट्रेलियाले विश्वकप जित्न सक्ने चार आधार

एजेन्सी – आगमी ३० मे देखी सुरु हुने एकदिवसिय विश्वकपमा अष्ट्रेलिया प्रमुख दावेदार राष्ट्र हो । अष्ट्रेलियाले हरेक विश्वकपमा आफ्नो दबदबा राख्दै आएको छ । यस पटक पनि त्यसलाई निरन्तरता दिने निश्चित छ । ११ औं संस्करणको वान डे विश्वकप सकिँदा डिफेन्डिङ च्याम्पियन अष्ट्रेलियाले ५ पटक उपाधि जितेको छ । २ पटक फाईनलमा पराजित भएको […]

42 views

0 Bookmark

एजेन्सी – आगमी ३० मे देखी सुरु हुने एकदिवसिय विश्वकपमा अष्ट्रेलिया प्रमुख दावेदार राष्ट्र हो । अष्ट्रेलियाले हरेक विश्वकपमा आफ्नो दबदबा राख्दै आएको छ । यस पटक पनि त्यसलाई निरन्तरता दिने निश्चित छ ।

११ औं संस्करणको वान डे विश्वकप सकिँदा डिफेन्डिङ च्याम्पियन अष्ट्रेलियाले ५ पटक उपाधि जितेको छ । २ पटक फाईनलमा पराजित भएको छ । यो पटक अष्ट्रेलिया छैटौं पटक उपाधि जित्ने दाउमा छ ।

अष्ट्रेलियाले सन् १९८७, १९९९, २००३, २००७ र २०१५ मा उपाधि जितेको थियो । १९८७ को उपाधि जिताउँदा अष्ट्रेलियाका एलन बोर्डर कप्तान थिए । त्यस्तै १९९९ मा स्टिभ वाँ थिए । २००३, २००७ मा रिकी पोन्टिङ तथा २०१५ मा माईकल क्लार्कको कप्तानीमा अष्ट्रेलियाले विश्वकप जितेको थियो । यस पटक आरोन फिन्चको कप्तानीमा अष्ट्रेलिया विश्वकप जित्ने दाउमा छ । उसका खेलाडी र पछिल्लो समयको प्रर्दशन हेर्दा त्यो सम्भावना पनि देखिन्छ ।

पछिल्लो समय उसका सबै खेलाडी लयमा छन् । बल टेम्परिङ काण्डका कारण प्रमुख ब्याट्सम्यान स्टिभ स्मिथ र डेविड वार्नर नहुँदा अष्ट्रेलिया २०१८ मा संकटमा परेको थियो। सन् २०१९ मा भारतलाई उसकै भुमिमा ३–२ ले हराउँदै उत्कृष्ट पुनरागमन गर्यो । त्यस्तै पाकिस्तानलाई ५–० हराउँदै सिरिज क्लिन स्विप गरेको अष्ट्रेलियाको मनोबल पनि उच्च छ । स्मिथ र वार्नर दुबै टोलीमा फर्किदा अष्ट्रेलिया झनै बलियो बनेको छ । यस पटक अष्ट्रेलियाले विश्वकप जित्न सक्ने चार आधार यस प्रकार छन् ।

मजबुत बलिङ

अष्ट्रेलिया तीब्र गतिका बलरका लागि उर्वर भुमिका रुपमा चिनिन्छ । यस पटकको विश्वकप टोलीमा मिचेल स्टार्क, केन रिचर्ड्सन, जोसन बेहरनडर्फ, प्याट कमिन्स, नाथन कुल्टन नाईल उसका तीब्र गतिका बलर हुन् । स्पिनरको रुपमा नाथन लायन र एडम जम्पा छन् । जम्पा बाहेक अन्य सबै अनुभवी बलर हुन् ।

सन् २०१५ को विश्वकप अष्ट्रेलियालाई जिताउन मिचेल स्टार्कले ८ खेलमा २२ विकेट लिएका थिए । जसमा उत्कृष्ट प्रर्दशन ६-२८ रहेको थियो । स्टार्कको गतीमा खेल्न जो कोही ब्याट्सम्यानलाई कठिन हुने गर्दछ । धेरै ब्याट्सम्यानले उनको गतिको चालनै पाउन सक्दैनन् । एक वर्ष यता चोटका कारण मैदान बाहिर रहेका स्टार्क आफ्नो प्रर्दशन देखाउन पनि आतुर छन् । स्टार्कले डेथ र पावर प्लेमामा आफ्नो गतिमा विपक्षी ब्याट्सम्यानलाई पेभिलिएन फर्काउँदै दबाबमा राख्न सक्छन् । इंग्ल्यान्डको मैदान उनलाई साथ मिल्ने रहेको छ ।

उत्कृष्ट लयमा रहेका कमिन्सले पछिल्ला पाँच खेलमा १७ विकेट लिएका छन् । भारतलाई उसकै भुमिमा ओडीआई सिरिजमा हराउन कमिन्सले ५ खेलमा १४ विकेट लिएका थिए । इंग्ल्यान्डमा पनि त्यहि लय कायम गरे अष्ट्रेलियाको विश्वकप जित्ने सपना अझ सहज बन्न सक्छ । रिचड्सन र बेहरनडर्फ पनि राम्रो लयमा छन् । इंग्ल्यान्डको मैदान तीब्र गतिका बलरलाई साथ मिल्ने हुँदा यी चार खेलाडीको उत्कृष्ट प्रर्दशनमा अष्ट्रेलियाले सहजै उपाधि जित्न सक्छ ।

मध्यक्रममा विपक्षी ब्याट्सम्यानलाई धरासय बनाउनी काम अनुभवी स्पिनर नाथन लायन र एडम जम्पाले गर्ने छन् । दुबैले पछिल्लो सयम राम्रो प्रर्दशन गर्दै आएका छन् । पार्ट टाईमका रुपमा मार्कस स्टोइनिस र ग्लेन म्याक्सवेल पनि छन् । जसले गर्दा अष्ट्रेलियाको बलिङ लाईन अपमा विकल्प धेरै देखिन्छ । बलरहरुले उत्कृष्ट प्रर्दशन गर्दै अष्ट्रेलियालाई सहजै उपाधि जिताउन सक्छन् ।

उत्कष्ट लयमा अलराउन्डर

ग्लेन म्याक्सवेल, मार्कस स्टोइनिस, प्याट कमिन्स यसक पटक विश्वकपमा अष्ट्रेलियाका अलराउण्डर हुन् । उत्कृष्ट लयमा रहेका यी तीन खेलाडीले जुन सुकै बेला पनि ब्याट र बल दुवैबाट नजिता सहजै आफ्नो पक्ष्यमा पार्न सक्छन् । पछिल्लो समय म्याक्सवेलको लय उत्कृष्ट छ । म्याक्सवेलले गत मार्चमा पाकिस्तानसँगको ओडीआई सिरिजमा ४ खेलमा आक्रमक क्रमश: १९, ७१, ९८ र ७० रन प्रहार गरेका थिए । ठूला ठूला शट प्रहार गर्न माहिर म्याक्सवेलले एकै ओभरमा खेल परिवर्तन गर्न सक्ने क्षमता राख्दछन् ।

म्याक्सवेलले यो लयलाई विश्वकप सम्म कायम राख्न सके अष्ट्रेलियाको विश्वकप जित्ने सपना साकार हुन सक्छ । सन् २०१५ को विश्वकपमा म्याक्सवेलले ६ खेलमा १ शतक र २ अर्ध शतक सहित कुल ३ सय २४ रन जोडेका थिए । स्ट्राईक रेट १८२.०२ को रहेको थियो । ६ विकेट पनि लिएका थिए । यो विश्वकपमा म्याक्सवेलको प्रर्दशन अष्ट्रेलियाको लागि निकै महत्वपूर्ण हुने छ । म्याक्सवेलले भारतसँगको दोस्रो टी ट्वान्टी खेलमा शतक प्रहार गरेपछि भारतीय टोलीका कप्तान विराट कोहलीले भनेका थिए, ‘म्याक्सवेल जव चल्न थाल्छन् त हाम्रो केहि लाग्दैन ।’

त्यस्तै पछिल्लो दुई वर्ष निरन्तर उत्कृष्ट प्रर्दशन गर्दै आएका मार्कस स्टोइनिस अष्ट्रेलियाका बलिया हतियार हुन् । स्टोइनिसले अघिल्लो वर्ष १३ विकेट लिनुका साथै ३ सय ७६ रन जोडेका थिए । प्याट कमिन्सको उत्कृष्ट अलराउण्डर प्रर्दशनमै भारतलाई उसकै भुमिमा टी ट्वाटी र ओडीआई सिरिजमा हराउन सफल भएको थियो । तीनै अलराउण्डर उत्कृष्ट लयमा रहेका छन् । जसको प्रर्दशनमा अष्ट्रेलियाले छैटौं पटक उपाधी जित्ने संभावना प्रवल देखिन्छ ।

मजबुत मध्यक्रम

अष्ट्रेलिया ५ पटक त्यतिकै पक्कै च्याम्पियन बनेको होइन । उसको ब्याटिङ र बलिङ प्राय सधैं उत्कृष्ट रहँदै आएको छ । यसपटक पनि मध्यक्रम निकै बलियो छ । ओपनर र फिनिसरले उत्कृष्ट प्रर्दशन गरे पनि कुनै पनि टिमलाई विशाल योगफल बनाउन र पुरा गर्न मिडिल अडरको प्रर्दशन पनि त्यतिनै आवश्यक पर्दछ ।

अष्ट्रेलियाको मिडिल अडरको रुपमा उस्मान खवाजा, स्टिभ स्मिथ, शन मार्श, एलेक्स करी रहेका छन् । पछिल्लो समय यी चारै खेलाडीको प्रर्दशन लोभलाग्दो छ । स्मिथ एक वर्षपछि टोलीमा फर्किएका हुन् । आईपीएलमा उत्कृष्ट प्रर्दशन गर्दै स्मिथले १ वर्ष प्रतिबन्धको कुनै असर नपरेको सिद्ध गरे । सन् २०१५ को विश्वकपमा स्मिथले ७ खेलमा १ शतक ४ अर्ध शतक सहित कुल ४ सय २ रन जोड्दै सर्वाधिक रन बनाउने खेलाडीको सुचिमा छैटौं स्थानमा थिए । यस पटक पनि स्मिथबाट त्यस्तै प्रर्दशनको आसा गरिएको छ ।

शन मार्श पछिल्लो एक वर्षमा अष्ट्रेलियाबाट निरन्तर उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् । खवाजाको लय विपक्षी बलरलाई रोक्न निकै कठिन पर्ने देखिन्छ । खवाजाले भारतसँगको पाँच ओडीआई सिरिजमा क्रमश: ५०, ३८, १०४, ९१ र १०० रन प्रहार गरेका थिए । त्यस्तै पाकिस्तानसँग क्रमश: २४, ८८, ०, ६२ र ९८ रन जोडेका थिए । उस्मान एक्लैले विशाल योगफल बनाउन सक्ने क्षमता राख्दछन् । उस्मान टोलीको आवश्यकता अनुसार खेल्ने गर्दछन् । उनको लयलाई रोक्न कठिन पर्ने देखिन्छ ।

२०१८ मा सबै अष्ट्रेलियन खेलाडीले खराब प्रर्दशन गरिरहँदा शन मार्शले निरन्तर उत्कृष्ट प्रर्दशन गरि रहे । भारतलाई उसकै भुमिमा ओडीआई सिरिजमा हराउन मार्शको प्रर्दशन उत्कृष्ट थियो । एलेक्स केरीले पनि छोटो समयमै आफ्नो प्रभाव छाड्न सफल भएका छन् । यी चार खेलाडीको प्रर्दशनमा अष्ट्रेलियाले सहजै उपाधि जित्न सक्छ ।

सर्वोत्कृष्ट ओपनर जोडी

कुनै पनि टोलीलाई विशाल योगफल बनाउन र पुरा गर्न उत्कृष्ट ओपनर साझेदारी आवश्यकपर्छ । अर्थात सुरुवात राम्रो हुनैपर्छ । यस विश्वकपमा अष्ट्रेलियाले ओपनरका रुपमा कप्तान आरोन फिन्च र डेविड वार्नरलाई मैदान उतार्ने छ । यी दुई जोडीको प्रर्दशनमा अष्ट्रेलियाले सहजै उपाधि जित्न सक्छ । अष्ट्रेलियाको विश्वकप जित्ने सपना पनि यी दुई खेलाडीको प्रर्दशनमा बढि निर्भर रहने छ ।

प्रतिबन्धको एक वर्ष पछि टोलीमा फर्किन लागेका वार्नरले त्यस अघि आईपीएलमा १२ खेलमा ८ अर्धशतक र १ शतक सहित कुल ६ सय ९२ रन बनाउँदै सर्वाधिक रन बनाउने खेलाडी बने । उनको आईपीएल प्रर्दशनले प्रतिबन्धले आफ्नो प्रर्दशनमा कुनै कमी नआएको सिद्ध गर्दथ्यो ।

त्यस्तै फिन्च पनि लयमा फर्किएका छन् । पाकिस्तानसँगको सिरिजमा क्रमश: ११६, १५३*, ९०, ३९ र ५३ रन प्रहार गरेका थिए । यी दुईको उत्कृष्ट प्रर्दशनमा अष्ट्रेलियाले विश्वकप सहजै जित्न सक्छ । सन् २०१५ को विश्वकपमा पनि फिन्चले उत्कृष्ट प्रर्दशन गरेका थिए । यी दुईको उत्कृष्ट प्रर्दशन विना अष्ट्रेलियाको विश्वकप जित्ने सपना सहज पनि देखिदैन ।

April 26, 2024

लुम्बिनी र कर्णाली फाइनलमा , बागमती बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – सुदूरपश्चिमसँग ३ विकेटले पराजित हुँदा बागमती प्रदेश रन रेटको आधारमा वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपको लिग चरणबाट बाहिरिएको छ। जितले बागमती अंक तालिकाको शीर्षस्थानमा रहँदै फाइनलमा पुग्ने थियो। तर हारले रन रेटको आधारमा बाहिरिएको हो। बागमतीको हारमा लुम्बिनी प्रदेश र कर्णाली प्रदेश फाइनलमा प्रवेश गर्न सफल भएका छन्। कम स्कोर‌को […]

April 25, 2024

आइपिएलमा बैंगलुरुको दोस्रो जित

एजेन्सी – रोयल च्यालेन्जर्स बैंगलुरुले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जित हासिल गरेको छ । बैंगलुरुले बिहीबार सनराइजर्स हैदरावादलाई ३५ रनले हराएको छ । २ सय ७ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७१ रन मात्र बनाउन सक्यो ।टोलीका लागि सहवाज अमेदले सर्वाधिक नटआउट ४० रन बनाए । […]

April 25, 2024

कर्णालीको जितमा कोशीको छैटौं पराजय

काठमाडौं (हाम्रो खेलकुद) – पुछारमा रहेको कोशी प्रदेशलाई ५ विकेटले सहजै हराउँदै कर्णाली‌ प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपको फाइनलमा पुग्ने संभावनालाई कायमै राखेको छ। लगातारको छैटौं हारमा कोशी अंक विहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। ९४ रनको सहज विजय लक्ष्य कर्णाली प्रदेशले मात्र ६. ३ बलमा ५ विकेट गुमाउँदै पुरा गर्यो। ओपनर विपिन रावल […]

Success

Thank you for your time.