7 years ago
May 24, 2019
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता आज देखी काठमाडौंमा सुरु हुँदैछ ।

कीर्तिपूर क्रिकेट मैदान टियूमा त्रिभुवन आर्मी क्लव र प्रदेश २ बीच उद्धघाटन खेल हुने हुने छ । खेल विहान ९ बजेपछि सुरु हुने छ । त्यस्तै आज मुलपानी मैदानमा हुने भनिएको प्रदेश १ र नेपाल पुलिसबीचको खेल नहुने भएको छ । मैदान पूर्ण रुपमा तयार नहुँदा जेठ १२ गतेबाट पछि मात्र मुलपानीमा खेल हुने आयोजकले जनाएको छ ।
आर्मी विनोद भण्डारी र प्रदेश २ महबुब आलमको कप्तानीमा मैदान उत्रने छन् । राष्टिय खेलाडीको बाहुल्यता रहेको आर्मीमा विनोदसँगै सोमपाल कामी, जितेन्द्र मुखिया, रोहित कुमार पौडेल, करण केसी, भिम सार्की, कुशल मल्ल, हरि बहादुर चौहान लगायतका खेलाडी छन् । हासिम अन्सारी, महबुब आलम, राशिद खान, हरिशंकर शाह, साम्शद शेख प्रदेश २ का मुख्य हतियार हुन् ।
प्रतियोगितामा ७ प्रदेश र तीन विभागिय गरि १० टोलीको सहभागिता छ । समुह ए मा एपीएफ,प्रदेश ५,प्रदेश ३,सुदुरपश्चिम र गण्डकी रहेका छन् । समुह बी मा त्रिभुवन आर्मी,नेपाल पुलिस,प्रदेश २,प्रदेश १ र कर्णाली प्रदेश रहेका छन् । राउन्ड रोविन लिग पछि समूहका शीर्ष २ टोली सेमिफाइनल पुग्नेछन् । सेमिफाईनल खेल जेठ २२ र २३ गते हुने छ । २४ गते रेष्ट हुँदा २५ गते फाईनल हुने छ ।
विजेताले उपाधिसहित २० लाख रुपैयाँ प्राप्त गर्ने छ । दोस्रो हुने टोलीले १० लाख रुपैयाँ पाउनेछ । प्रतियोगिताकै उत्कृष्ट खेलाडीले मोटर साइकल पाउने छन् । त्यस्तै उत्कृष्ट ब्याट्सम्यान र बलरले समान ५० हजार प्राप्त गर्ने छन् । एक हातले क्याच लिउने दर्शकले रु ५० हजार पाउने छन् ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]