default_image

7 years ago

May 24, 2019

विनोद र राजुको अर्धशतकमा आर्मीको बलियो सुरुवात

118 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर विनोद भण्डारी र राजु रिजालले अर्धशतक प्रहार गरेपछि तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो खेलमा आर्मीले प्रदेश २ विरुद्ध बलियो सुरुवात गरेको छ ।

टीयू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको आर्मीले २२ ओभरमा १ सय २२ रन बनाउँदा १ विकेट गुमाएको छ । आर्मीका लागि ओपनर विनोद भण्डारी ६१ बलमा ९ चौका सहित ६६ रनमा क्याच आउट भए । त्यस्तै अर्का ओपनर राजु रिजालले ६६ बलमा चौका ४ र १ छक्का सहित रनमा ५१ अविजित छन् ।

ओपनर भण्डारी र रिजालले पहिलो विकेटका लागि १ सय २१ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाए । २२ औं ओभरको पहिलो बलमा साम्सद शेखले विकेटकीपर हासिम अन्सारीबाट विनोद भण्डारीलाई क्याच गराउँदै शतकीय साझेदारी तोडेका हुन् । राजुलाई साथ दिन हरि बहादुर चौहान क्रिजमा छन् ।

आर्मीका लागि तीव्र गतिका बलर सोमपाल कामी बिमारीका कारण खेलेका छैनन् । उनले प्रतियोगिताका केहि खेल गुमाउने बुझिएको छ । करण केसी आर्मीबाट पहिलो खेल खेल्दैछन् ।

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

Success

Thank you for your time.