default_image

7 years ago

May 24, 2019

राजु र विनोद चम्कँदा प्रदेश २ लाई विशाल लक्ष्य

166 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलुकद) – ओपनर राजु रिजाल र विनोद भण्डारीले उत्कृष्ट अर्ध शतक प्रहार गरेपछि प्रधानमन्त्री राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगिताको पहिलो खेलमा त्रिभुवन आर्मी क्लवले प्रदेश २ लाई २ सय ७९ रनको विशाल लक्ष्य दिएको छ । टीयू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको आर्मीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ७८ रन बनायो ।

आर्मीका लागि ओपनर राजु रिजालले ९० रनको महत्वपूर्ण योगदान दिए । ३५ ओभरको अन्तिम बलमा हरि शंकर शाहले महबुब आलमबाट क्याच गराएपछि शतक बनाउन चुकेका रिजालले १ सय ९ बलमा ५ चौका र २ छक्का प्रहर गरे । त्यस्तै अर्का ओपनर विनोद भण्डारीले ६१ बलमा ९ चौका सहित ६६ रनमा क्याच आउट भए ।

राजु रिजाल

२२ औं ओभरको पहिलो बलमा साम्सद शेखले विकेटकीपर हासिम अन्सारीबाट भण्डारीलाई क्याच गराउनु अघि उनले राजुसँग १ सय २१ रनको शतकीय साझेदारी गरेका थिए । रोहित कुमार पौडेलले ३६ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ४७ रनमा आउट भए । रोहितलाई ४९ ओभरको अन्तिम बलमा राशिद खानले साम्सद शेखबाट क्याच आउट गराए ।

विनोद भण्डारी

हरि बहादुर चौहाले ४४ बलमा २ चौका सहित २६,भिम सार्की ६,राजेश पुलामी मगर ८,करण केसी ११ र कुशल मल्ल ३ रनमा आउट भए । प्रदेश २ का हरि शंकर शाहले १० ओभरमा १ मेडन सहित ५५ रन खर्चेर ३ विकेट लिए । त्यस्तै साम्सद शेख,राशिद खान,विवेक यादव र विशाल शुसलिङले समान १ विकेट हात पारे ।

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

Success

Thank you for your time.