7 years ago
May 24, 2019
काठमाडौं (हाम्रो खेलकुद) – आज देखी सुरु भएको तेस्रो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लवले प्रदेश दुई लाई १ सय ७१ रनको फराकिलो अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।

२ सय ७९ रनको विजयी लक्ष्य प्रक्ष्याएको प्रदेश २ ले ३१.४ ओभरमा अल आउट हुँदै १ सय ७ रनमा समेटियो । प्रदेश २ का लागि ओपनर हरि शंकर शाहले सर्वाधिक २१ रनको योगदान दिए । जितेन्द्र मुखियाले १० औं ओभरको चौथो बलमा राजेश पुलामी मगरबाट क्याच गराउनु अघि उनले २८ बलमा ४ चौका प्रहार गरे । त्यस्तै अर्का ओपनर सुधिर चौधरीले ५० बलमा १ चौका प्रहार गर्दै १५ रन बटुले । ओपनर शाह र चौधरीले पहिलो विकेटको लागि ९.४ ओभरमा ३७ रनको साझेदारी गर्दै मध्यम सुरुवात दिलाए पनि मध्यक्रम र तल्लोक्रमका ब्याट्सम्यान लगातार आउट हुन पुगेपछि प्रदेश २ ले फराकिलो हार ब्योहोनु परेको हो ।
कुनै समय २५.३ ओभरमा ८६-८ को कमजोर अवस्थामा पुगेको प्रदेश दुईलाई राशिद खान र सुरज पेटलले २१ रनको साझेदारी गर्दै हारको अन्तर घटाए । पटेल ११ रनमा आउट हुँदा राशिद खान १४ रनमा अविजित रहे । राशिद खानले १६ बलमा २ चौका प्रहार गरे ।
प्रदेश २ का अन्य कृष्णजंग कार्की ९,साम्सद शेख १६,विशाल शुसलिङ ४,महबुबु आलम ५,हासिम अन्सारी शुन्य र विवेक यादव ५ रनमा आउट भए । प्रदेश २ लाई सस्तैमा रोक्न आर्मीका युवा स्पिनर साहव आलमले ९ ओभरमा २९ रन खर्चेर ४ विकेट लिदैं घातक बलिङ गरे । त्यस्तै सुशन भारिले ६.४ ओभरमा १ मेडन सहित २० रन खर्चेर ३ विकेट लिदा जितेन्द्र मुखियाले २ र कुशल मल्लले १ विकेट हात पारे ।

त्यस अघि टीयू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको आर्मीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ७८ रन बनाएको थियो । आर्मीका लागि ओपनर राजु रिजालले ९० रनको उत्कृष्ट पाली खेले । ३५ ओभरको अन्तिम बलमा हरि शंकर शाहले महबुब आलमबाट क्याच गराएपछि शतक बनाउन चुकेका रिजालले १ सय ९ बलमा ५ चौका र २ छक्का प्रहर गरे । त्यस्तै अर्का ओपनर विनोद भण्डारीले ६१ बलमा ९ चौका सहित ६६ रनमा क्याच आउट भए ।
२२ औं ओभरको पहिलो बलमा साम्सद शेखले विकेटकीपर हासिम अन्सारीबाट भण्डारीलाई क्याच गराउनु अघि उनले राजुसँग १ सय २१ रनको शतकीय साझेदारी गरेका थिए । रोहित कुमार पौडेलले ३६ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ४७ रनमा आउट भए । रोहितलाई ४९ ओभरको अन्तिम बलमा राशिद खानले साम्सद शेखबाट क्याच आउट गराए ।
हरि बहादुर चौहाले ४४ बलमा २ चौका सहित २६,भिम सार्की ६,राजेश पुलामी मगर ८,करण केसी ११ र कुशल मल्ल ३ रनमा आउट भए । प्रदेश २ का हरि शंकर शाहले १० ओभरमा १ मेडन सहित ५५ रन खर्चेर ३ विकेट लिए । त्यस्तै साम्सद शेख,राशिद खान,विवेक यादव र विशाल शुसलिङले समान १ विकेट हात पारे ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]