default_image

7 years ago

May 24, 2019

श्रीलंकामाथि दक्षिण अफ्रिकाको सहज जित

100 views

0 Bookmark

एजेन्सी – एक दिवसिय विश्वकप अघि दक्षिण अफ्रिकाले वार्मअप खेलमा श्रीलंकलाई ८७ रनले पराजित गरेको छ । ३ सय ३९ रनको विशाल लक्ष्य पछ्याएको श्रीलंका ४२.३ ओभरमा २ सय ५१ रनमा अल आउट भयो ।

टोलीका लागि कप्तान दिमुथ करुणारत्नेले ९२ बलमा १२ चौका प्रहार गर्दै सर्वाधिक ८७ रनको योगदान दिएपनि टोलीको हार टार्न सकेनन् । त्यस्तै एन्जेलो मैथ्यूजले ६६ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ६४ रनको योगदान दिए ।

कुशल मेन्डिस ३७ र जीवन मेन्डिस १८ रन बनाउन बाहेक अन्य कुनै पनि ब्याट्सम्यानको प्रर्दशन सन्तोक जनक रहेन । एन्डिले फेहलुकवेलोले ७ ओभरमा ३६ रन खर्चेर ४ विकेट लिए । लुगी निडीले २,कागिसो रबाडा,जेपी ड्युमिनी र ड्वेन प्रिटोरियसको नाममा समान १ विकेट रह्यो ।

त्यस अघि कार्डिफमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा ३ सय ३८ रन बनाएको थियो । दक्षिण अफ्रिकालाई विशाल योगफल सम्म पुर्याउन कप्तान फाफ डु प्लेसिसले आक्रमक ८८ रनको महत्वपूर्ण योगदान दिए ।

२५ ओभरको दोस्रो बलमा धनन्जय डी शिल्भाले सुरुङगा लकमलबाट क्याच गराउनु अघि ६९ बलमा ७ चौका र ४ छक्का प्रहार गरे । ओपनर हासिम अमलाले पनि ६५ रनको उत्कृष्ट योगदान दिए ।

२४ औं ओभरको पाँचौ बलमा जीवन मेन्डिसले बोल्ड आउट गर्नु अघि उनले ६१ बलमा ९ चौका प्रहार गरे । रस्सि भार दुसेन ४०,एडेन मार्करम २१,जेपी ड्युमिनी २२,डेभिड मिलर ५एन्डिले फेहलुकवेलो ३५ रन रनमा आउट भए । क्रिस मोरिस २६ र ड्वेन प्रिटोरियस २५ रनमा अविजित रहे ।

श्रीलंकाका सुरुङ्गा लकमल र नुवान प्रदिपले समान २ विकेट लिए । त्यस्तै इसुरु उडाना,जीवन मेन्डिस र धनन्जय डी भिल्भाले समान १ विकेट हात पारे ।

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

Success

Thank you for your time.