7 years ago
June 3, 2019
काठमाडौं (हाम्रोखेलकुद) – प्रदेश ३ काठमाडौंमा जारी तेस्रो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगितामा समुह ए को विजेता बन्दै सेमिफाईनल प्रवेश गरेको छ ।

सोमबार सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गर्दै सेमिफाईनलमा स्थान पक्का गरेको हो । समुह ए मा एपीएफ र प्रदेश ३ ले समान ४ खेलमा समान ३ मा जित र १ मा हारका साथ ६–६ अंक जोडे । नेट रन रेटमा एपीएफलाई पछि पार्दै समुह ए विजेता बन्दै प्रदेश ३ सेमिफाईनलमा प्रवेश गरेको हो । योसँगै पीएम कपको सेमिफाईनल समिकरण पनि पुरा भएको छ । सेमिफाईनलमा प्रदेश ३ ले समुह बी को उप विजेता त्रिभुवन आर्मीसँग खेल्ने छ । समुह ए को उप विजेता एपीएफले समुह बी को विजेता पुलिससँग फाईनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने छ ।
१ सय ५५ रनको लक्ष्य प्रदेश ३ ले ३३.२ ओभरमा ४ विकेटको क्षतिमा पुरा गर्यो । प्रदेश ३ को सहज जितमा युवा खेलाडी इशान पान्डेले ५३ रनको योगदान दिए । ३१ ओभरको दोस्रो बलमा महेश अधिकारीले विकेटकीपर लोकेश बमबाट क्याच गराउनु अघि ८४ बलमा ६ चौका प्रहार गरे ।
ओपनर रित गौतमलाई ११ रनमा गुमाएको थियो । अर्का ओपनर रबिन जोशी पनि १३ रनम आउट भए । २० ओभरको तेस्रो बलमा विकाश अग्रिले लोकेश बमबाट क्याच गराउदै कप्तान पारस खड्कालाई २६ रनमा पेभिलिएन फर्काए । पारसले १९ बलमा ४ चौका प्रहार गरे ।आदिल खान ४२ बलमा ३ चौका र १ छक्का सहित ३३ रनमा अविजित रहे । त्यस्तै जितेन्द्र सिंह ठकुरी १२ रनमा नट आउट रहे । सुदूरपश्चिमका लागि शेर मल्ल,महेश अधिकारी,बिनोद लामा र विकाश अग्रीको नाममा समान १ वकेट रह्यो ।
त्यस अघि मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको सुदूपश्चिम ४५।१ ओभरमा अल आउट हुँदै १ सय ५४ रन बनायो । उसका लागि ओपनर खड्क बहादुर बोहोराले सर्वाधिक ४० रनको योगदान दिए । १५ ओभरको पहिलो बलमा स्टम्पिङ आउट हुनु अघि ६१ बलमा ५ चौका प्रहार गरे । अर्का ओपनर बसन्त कार्की ४ रनम पेभिलिएन फर्के ।
२३ ओभरको दोस्रो बलमा नन्दन यादवले प्रतिस जिसीबाट क्याच आउट गराउनु अघि कप्तान शेर मल्लले ३७ बलमा १४ रन जोडे । मध्यक्रमका रोशन अधिकारीले ५५ बलमा ४ चौका सहित २७ रन जोडे । अन्य ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् ।
नरेन्द्र साउद ८ ,महेश अधिकारी डक, विनोद लामा र लोकेश बम समान २ रनमा आउट भए । कुनै समय ३६।३ ओभरमा १२७(८ को कमजोर अवस्थामा पुगेको सुदूरपश्चिमलाई नवौं विकेटका लागि नरेश बोहोरा र आकश चन्दले रनको २६ रनको साझेदारी गर्दै इनिंग उकासे । बोहोराले ५१ बलमा ३ चौका प्रहार गर्दै २६ रन जोडे । आकशले ८ रन बटुले ।
प्रदेश ३ का लागि युवा स्पिनर सुर्य तामाङले १० ओभरमा २ मेडन सहित २६ रन खर्चेर ३ विकेट लिए । प्रतिस जिसी र जितेन्द्र सिंह ठकुरीको नाममा समान २ विकेट रह्यो । नन्दन यादव र पारस खड्काले १-१ विकेट लिए ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]