default_image

7 years ago

June 3, 2019

सिद्धान्त २ महिना मैदानबाहिर रहने

148 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट प्रतिनिधित्व गरिसकेका युवा ब्याट्सम्यान सिन्द्धात लोहनी केहि समय मैदानबाहिर रहने भएको छन् ।

राजधानीमा जारी प्रधानमन्त्री कप अन्तर्गत शुक्रबार टियू क्रिकेट मैदानमा कर्णाली प्रदेशविरुद्ध खेलको दौरानमा सिद्धान्त घाइते हुन पुगेका थिए । उक्त खेलको ४२ औं ओभरको दोस्रो बलमा ६३ रनमा खेलिरहेको अवस्थामा रन लिने क्रममा खुट्टामा चोट लागेपछि सिद्धान्त मैदानबाट बाहिरिएका थिए । डाक्टरको सल्लाहअनुसार सिद्धान्तको लिगामेन्टको अप्रेशन गर्नुपर्ने भएको छ ।

‘एक दुई हप्तामा लिगामेन्टको शल्यक्रिया गर्छु । शल्यक्रिया भएको दिनबाट कम्तिमा ६ हप्ता आराम गर्नु पर्ने हुन्छ । यो समयसम्म मैदान बाहिर नै रहनेछु’,सिद्धान्तले हाम्रो खेलकुदलाई भने । उनले पूर्ण रुपमा मैदानमा फर्कन २-३ महिना लाग्ने बुझिएको छ ।

यदि अहिले शल्यक्रिया गरिएन भने पछि गाह्रो हुन सक्ने डाक्टरको सल्लाह अनुसार शल्यक्रिया गर्न लागेको उनले बताए । सिद्धान्तले वीर हस्पिटलमा आफ्नो खुट्टाको जाँच गराएका थिए । सिद्धान्तले खुट्टामा चोटका कारण प्रदेश २ विरुद्धको अन्तिम खेल गुमाएका थिए । पीएम कपमा यस संस्करणमा सिद्धान्तले ३ खेलमा ७१ रन जोडे ।

सन् २०१५ मा आईसीसी टी-ट्वान्टी विश्वकप छनोटमा सिद्धान्त लोहनीले जर्सीविरुद्ध हेलिकप्टर शट प्रहार गरेपछि चर्चाको शिखर चुमेका थिए । त्यसयता भने राष्ट्रिय टोलीमा स्थान बनाउन सकेका छैनन् । घरेलु क्रिकेटमा पनि उनले निरन्तर राम्रो प्रदर्शन गर्न संघर्ष गरिरहेका छन् ।

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

Success

Thank you for your time.