7 years ago
June 3, 2019
एजेन्सी – एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत पाकिस्तानले घरेलु टोली इंग्ल्यान्डलाई ३ सय ४९ रनको विशाल लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिङ थालेको पाकिस्तानले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय रन ४८ रन बनायो । विश्वकपमा इंग्ल्यान्डविरुद्ध कुनै पनि टिमले बनाएको यो हालसम्मकै उच्च लक्ष्य समेत हो । उसका लागि अनुभवी ब्याट्सम्यान मोहम्मद हफिजले सर्वाधिक ८४ रनको योगदान दिए । ४३ ओभरको चौथो बलमा मार्क उडले क्रिस वोक्सबाट क्याच गराउनु अघि हफिजले ६२ बलमा ८ चौका र २ छक्का प्रहार गरे ।
३३ ओभरको पाँचौ बलमा मोइन अलीले क्रिस वोक्सबाट क्याच गराउनु अघि युवा ब्याट्सम्यान बाबर आजमले ६६ बलमा ४ चौकार १ छक्का सहित ६३ रनको महत्वपूर्ण योगदान दिए । ओपनर फरार जमान र इमाम उल हकले १४.१ ओभरमा ८२ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाए । मइन अलीले स्टपिङ आउट गराउनु अघि ४० बलमा ६ चौका प्रहार गर्दै ३६ रनमा आउट भए ।

२१ औं ओभरको पहिलो बलमा क्याच आउट हुनु अघि अर्का ओपनर हकले ५८ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ४४ रन बटुले । कप्तान शरफराज अहमिदले ४४ बलमा ५ चौका सहित ५५ रन जोडे । आशिफ अली १४ रनमा आउट भए । सोएब मलिक ९,हसन अली १०, वहाब रियाज ४, र सादव खानले १० रन बटुले ।
इंग्ल्यान्डका लागि मोइन अलीले १० ओभरमा ५० रन खर्चेर ३ विकेट लिए । त्यस्तै क्रिस वोक्सले ८ ओभरमा १ मेडन सहित ७१ रन खर्चेर ३ विकेट लिए । मार्क उडको नाममा २ विकेट रह्यो ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]