7 years ago
June 5, 2019
एजेन्सी – वेस्ट इन्डिजका ओपनर क्रिस गेलले इंग्ल्यान्ड र वेल्समा जारी एकदिवसिय विश्व कपपछि आफ्नो वान डे करियरबाट सन्न्यास लिने घोषणा गरि सकेका छन् । उनको यो अन्तिम विश्वकप हो ।

गेल विष्फोटक ब्याटिङका लागि चिनिने गर्दछन् । गेल लयमा आउछन् भने उनलाई रोक्न विश्वका जुन सुकै बलरलाई कठिन हुन्छ । युनिभर्सल बोसको उपनाम पाएका गेलले विश्व क्रिकेटमा थुप्रै कीतिमान कायम गरेका छन् । गेलले पहिलो खेलमा पाकिस्तानविरुद्ध आक्रमक ५० रन जोड्दै यस विश्वकपमा पनि उत्कृष्ट प्रर्दशन गर्न तयार रहेको संकेत दिएका छन् ।
जारी विश्वकपमा गेलले आफ्ना पूर्व कप्तान ब्रायन लाराको नाममा रहेका दुई कीर्तिमान तोड्न सक्छन् । वेस्ट इन्डिजबाट वान डे विश्वकपमा सर्वाधिक रन र खेल खेल्ने कीर्तिमान लाराको नाममा छ । लाराले विश्व कपमा ३४ खेलमा १२ सय २५ रन बनाएका छन् । जुन वेस्ट इन्डिज विश्वकपमा सर्वाधिक रन बनाउने र खेल्ने खेलाडी हुन् ।
विश्व कपकै इतिहासमा भने उनि सर्वाधिक रन बनाउने खेलाडीमा सुचिमा लारा चौथो स्थानमा छन् । पहिलो स्थानमा भारतीय क्रिकेट टोलीका पूर्व कप्तान सचिन तेन्दुलकर छन् । गेलले अहिले सम्म विश्वकपमा २७ खेलमा ९ सय ९४ रन बटुलेका छन् । लाराको सर्वाधिक खेल खेल्ने रेकर्ड तोड्न उनलाई अब बाँकी ८ खेल खेल्नु पर्ने छ । लिग चरणको आधारमा चलि रहेको विश्व कपमा सहभागि १० राष्ट्रले एक अर्कासँग खेल्नुपर्नेछ ।
वेस्ट इन्डिजले लिग चरणमा ८ खेल खेल्न बाँकी छ । लिग चरणका बाँकी ८ खेल खेल्दा गेलले लाराको कीर्तिमानलाई तोड्नेछन् । त्यस्तै लाराको वेस्ट इन्डिजबाट विश्व कपमा सर्वाधिक रन बनाउने रेकर्ड तोड्न २ सय ३२ रनको आवश्यक पर्दछ । आफ्नो लयलाई निरन्तरता दिन सके भने ८ खेलमा गेलका लागि २ सय ३२ रन ठूलो लक्ष्य होइन ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]