default_image

7 years ago

June 4, 2019

नाबीको घातक बलिङसँगै श्रीलंका संकटमा

225 views

0 Bookmark

एजेन्सी – अनुभवी अलराउण्डर स्पिनर मोहम्मद नाबीले घातक बलिङ गरेपछि एकदिवसिय विश्वकप क्रिकेट अन्तर्गत मंगलबारको खेलमा अफगानिस्तानविरुद्ध श्रीलंकाले खराब प्रर्दशन गरेको छ । श्रीलंकाले अफगानिस्तानलाई जितका लागि ४१ अोभरमा १ सय ८७ रनको लक्ष्य प्रस्तुत गरेको छ । वर्षाले असर गरेको खेलमा श्रीलंकाले अलआउट हुँदै २ सय १ रन जोडेेको हो ।

कार्डिफमा टस हारेर पहिला ब्याटिङ थालेको श्रीलंकाले राम्रो सुरुवात गरेको थियो । कप्तान दिमुथ करुणारत्ने र कुशल परेराले पहिलो विकेटका लागि १३ ओभर सम्म ९२ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाए पनि निरन्तर मध्यमक्रम र तल्लोक्रम्मा विकेट गुम्दा श्रीलंकाले बलियो लक्ष्य दिन सकेन । कप्तान करुणारत्नेले ४५ बलमा ३ चौका सहित ३० रनमा आउट भए । १४ ओभरको पहिलो बलमा दिमुथलाई क्याच गराउँदै नाबीले पहिलो सफलता दिलाएका थिए । दिमुथ आउट भएसँगै विकेट पतन जारी रह्यो ।

अफगानिस्तानका नाबीले २२ औं ओभरको दोस्रो, चौथो र छैटौं बलमा क्रमश: लाहिरु थिरिमाने, कुशल मेन्डिस र एन्जिलो मेन्थिज गरि मध्यक्रमका तीन ब्याट्सम्यानलाई एकै ओभरमा आउट गरेपछि श्रीलंका संकटमा परेको थियो । नाबीले तारिमानेलाई २५ रनमा बोल्ड तथा मेन्डिस २ र मेथ्युज शून्यमा रहमत शाहबाट पहिलो स्लिपमा समातिएपछि अफगानिस्तान खेलमा फर्किएको थियो ।

धनन्जय डि शिल्भा शुन्य, थिसरा परेरा २ र इसरु उडाना १० रनमा आउट भएपछि श्रीलंका कमजोर अवस्थामा पग्यो । ओपनर कुशल परेराले सर्वाधिक ७८ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् । ३३ ओभरको दोस्रो बलमा राशिद खानले मोहम्मद शामीबाट एट विहान्ड निकाल्दै पेभिलिएन फर्काउनु अघि परेराले ८१ बलमा ८ चौका प्रहार गरे ।

वर्षाका कारण ३४ अौं ओभरमा खेल रोकिँदा श्रीलंकाले १ सय ८२ रन जोड्दै ८ विकेट गुमाएको थियो । त्यसपछि खेल ४१ अोभरमा घटाइएको थियो । श्रीलंकाले ३६.५ अोभरमा अल आउट हुँदै २ सय १ रनमात्र बनाउन सफल भयो । सुरंगा लकमल १५ रनमा नटआउट रहे ।

मोहम्मद नाबीले ९ ओभरमा ३० रन खर्चेर ४ विकेट लिए । राशिद खान र दवालत जदरानले २-२ तथा हमिद हसनले १ विकेट हात पारे ।

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

Success

Thank you for your time.