7 years ago
June 10, 2019
एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबारको दक्षिण अफ्रिका र वेस्ट इन्डिजबीचको खेल वर्षाको कारण रद्ध हुन पुगेको छ ।

साउथह्याप्टनमा टस हारेर ब्याटिङ थालेको दक्षिण अफ्रिकाले ७.३ ओभरमा २९ रन जोड्न २ विकेट गुमाएको अवस्थामा वर्षाको कारण खेल रोकिएको थियो । झण्डै पाँच घण्टासम्म खेल पुन सुरु हुन नसकेपछि रद्ध भएको घोषणा गरिएको छ । योसँगै दुबै टोलीले १-१ अंक बाडेंका छन् । वेस्ट इन्डिज ३ खेलमा १ मा जित १ मा हारका साथ ३ अंक जोड्दै पाँचौ स्थानमा छ । वेस्ट इन्डिजले आफ्नो चौथो खेल आगमी शुक्रबार इंग्ल्यान्डको सामना गर्ने छ ।
४ खेलमा ३ मा हार सहित १ अंक जोड्दै नवौं स्थानमा रहेको दक्षिण अफ्रिकाले आफ्नो पाँचौ खेल शनिबार पुछारमा रहेको अफगानिस्तानसँग खेल्ने छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]