default_image

7 years ago

June 11, 2019

एसीसी यू-१९ इस्टर्न रिजनको खेल तालिका सार्वजनिक

166 views

0 Bookmark

एजेन्सी – मलेसियामा ३० जुन देखी १० जुलाई सम्म चल्ने एसीसी यू-१९ इस्टर्न रिजन २०१९ प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।

यू-१९ कप्तान रोहितकुमार पौडेल

मंगलबार एसिन क्रिकेट काउन्सिलले दुई समुहमा विभाजन गर्दै खेल तालिका सार्वजनिक गरेको हो । सार्वजनिक तालिकामा नेपाल,सिंगापुर,म्यानमार र चीन रहेका छन् । नेपाल तुलानात्मक रुपमा कमजोर टोलीसँग परेको छ । समुह बी मा हङकङ,थाईल्यान्ड,भुटान,आयोजक मलेसिया रहेका छन् ।

नेपालले पहिलो खेल जुलाई २ मा म्यानमारसँग खेल्ने छ । त्यस्तै ५ जुलाईमा सिंगापुर,६ जुलाईमा चीनसँग प्रतिस्पर्धा गर्ने छ । दुवै समूहका शीर्ष दुई टोलीले जुन ८ मा हुने सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् । फाइनलमा ९ जुलाईमा हुने छ । नेपालले यस प्रतियोगिताको लागि छिट्टै टोली घोषणा गर्नेछ । यसअघि यू-१९ विश्वकप छनोटका लागि टोलीको कप्तानी रोहितकुमार पौडेलले गरेका थिए ।

प्रतियोगिताको विजेताले श्रीलंकामा हुने यू-१९ एसिया कपमा सहभागिता जनाउनेछ । यस प्रतियोगिताको विजेतासँगै भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, अफगानिस्तान, यूएई र कुवेतले प्रतियोगितामा सहभागिता जनाउने पक्का भइसकेको छ । प्रतियोगिता २८ अगस्टदेखि ८ सेप्टेम्बरसम्म संचालन हुनेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.