default_image

7 years ago

June 12, 2019

अनिश्चित पाकिस्तान, बलियो अष्ट्रेलिया !

146 views

0 Bookmark

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत बुधवार साविक विजेता अष्ट्रेलिया र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदै छ । खेल नेपाली समय अनुसार दिउँसो ३:१५ देखि सुरु हुनेछ ।

प्रतियोगितामा अष्ट्रेलिया तेस्रो र पाकिस्तान दोस्रो जितको खोजिमा छन् । पहिलो खेलमा अफगानिस्तानलाई ७ विकेट र दोस्रो खेलमा वेस्ट इन्डिजलाई १५ रनले हराएको अष्ट्रेलिया तेस्रो खेलमा भारतसँग ३६ रनले स्तब्ध भएको थियो ।

यता पहिलो खेलमा वेस्ट इन्डिजसँग ७ विकेटले स्तब्ध भएको पाकिस्तानले दोस्रो खेलमा उत्कृष्ट पुनरागमन गर्दै घरेलु तथा उपाधिको प्रमुख दाबेदार टोली इंग्ल्यान्डलाई १४ रनले पराजित गर्दै सबैलाई आश्चर्य पारेको थियो । श्रीलंकासँगको खेल भने वर्षाको कारण अंक बाड्न बाध्य भएको थियो ।

इंग्ल्यान्डलाई पराजित गरेको पाकिस्तानको मनोबल पनि उच्च छ । यता दुई महिना अघि पाकिस्तानको घरेलु मैदानमा अष्ट्रेलियाले पाँच ओडीआई सिरिज क्लिन स्विप गरेको थियो । अष्ट्रेलिया त्यहि नतिजा दोहोर्याउन चाहन्छ । हेड टु हेडमा अष्ट्रेलिया धेरै बलियो देखिन्छ । हालसम्म यी दुई देशबीच कुल १ सय ३ वान डे खेल भएको छ । जसमा अष्ट्रेलिया ६७ खेलमा विजयी हुँदा ३२ खेलमा पराजित भएको छ । एक खेल बराबरीमा रोकिदा ३ खेलको नतिजा विहीन छ ।

अलराउण्डर मार्कस स्टोइनिस चोटका कारण आजको खेलमा टिम बाहिर रहेको अष्ट्रेलिया क्रिकेट बोर्डले मंगलबार नै सार्वजनिक गरेको छ । उनको स्थान मिचेल मार्शले लिनेछन् । पाकिस्तानले आज सुरुवाती दुई खेलमा खराब प्रर्दशन गरेका हसन अलीको स्थानमा युवा खेलाडी शाहिन शाह अफ्रिदीलाई मौका दिन सक्ने उच्च संभावना देखिन्छ ।

डेविड वार्नर, स्टिभ स्मिथ, ग्लेन म्याक्सवेल, मिचेल स्टार्क, नाथन कुल्टर नाइल, प्याट कमिन्स अष्ट्रेलियाका प्रमुख खेलाडी हुन् । पाकिस्तानका फखार जमान, बाबर आजम, मोहम्मद हफिज, सादव खान, मोहम्मद आमिर प्रमुख हतियार हुन् ।

यो पनि पढ्नुहोस् : पाकिस्तान विरुद्ध अष्ट्रेलिया : प्लेयर्स टु वाच

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.