default_image

7 years ago

June 12, 2019

पाकिस्तान विरुद्ध अष्ट्रेलिया : प्लेयर्स टु वाच

157 views

0 Bookmark

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत बुधबार साबिक विजेता अष्ट्रेलिया र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदै छ । खेल नेपाली समय अनुसार दिउँसो ३:१५ देखि सुरु हुने छ ।

यी दुई टोलीबीच हेद टु हेडमा अष्ट्रेलिया धेरै बलियो देखिन्छ । हालसम्म यी दुई देशबीच कुल १ सय ३ वान डे खेल भएको छ । जसमा अष्ट्रेलिया ६७ खेलमा विजयी हुँदा ३२ खेलमा पराजित भएको छ । एक खेल बराबरीमा रोकिदा ३ खेलको नतिजा विहीन छ । आजको खलमा पाकिस्तान र अष्ट्रेलियाबीच प्रभाव पार्नसक्ने खेलाडी :

स्टिभ स्मिथ (अष्ट्रेलिया)

पूर्वकप्तान स्टिभ स्मिथ अष्ट्रेलियाका प्रमुख ब्याट्सम्यान हुन् । गत मार्चमा दक्षिण अफ्रिकासँगको तेस्रो टेस्टमा बल टेम्पिरिङ काण्डका कारण एक वर्ष प्रतिबन्धमा परेका स्मिथ यसै विश्कप मार्फत अष्ट्रेलिया टोलीमा पुनरागमन गरेका हुन् । एक वर्ष प्रतिबन्धका कारण धेरैले उनलाई पहिला जस्तो जस्तो प्रर्दशन गर्न नसक्ने हुन् की भन्ने शंका पनि व्यक्त गरेका थिए । तर स्मिथले आफ्नो लयलाई निरन्तरता दिदै उत्कृष्ट प्रर्दशन गरेका छन् ।

पहिलो खेलमा अफगानिस्तानसँग १८ रनमा आउट भएका स्मिथ वेस्ट इन्डिजसँगको खेलमा ७३ रनको उत्कृष्ट इनिङ खेलेका थिए । आफ्नो लयलाई निरन्तरता दिएका स्मिथले भारतसँग पनि ६९ रन जोडेका थिए । जस्तो सुकै दबाबमा पनि रन जोड्न माहिर स्मिथ ठूलो इनिङ खेल्दै विशाल योगफल बनाउन सक्ने क्षमता राख्छन् । सन् २०१५ को विश्वकप अष्ट्रेलिया जित्दा स्मिथको प्रर्दशन महत्त्वपूर्ण रहेको थियो । टोलीको आवश्यकता अनुसार धैर्य र आक्रमक दुवै शैलीमा खेल्ने स्मिथ आजको खेलमा पनि नायक बन्न सक्छन् ।

बाबर आजम (पाकिस्तान)

पाकिस्तानका युवा ब्याट्सम्यान बाबर आजम टी ट्वान्टी क्रिकेटका नम्बर वान ब्याट्सम्यान हुन् । वान डे क्रिकेटमा पनि त्यतिकै उत्कृष्ट ब्याटिङ गर्ने गर्दछन् । तेस्रो नम्बरमा ब्याटिङ गर्ने बाबर पाकिस्तान क्रिकेटमा सर्वाधिक भरपर्दा ब्याट्सम्यान समेत हुन् । छोटो समयमै विश्वक्रिकेटमा राम्रो छाप छाडेका बाबरको वान डे क्रिकेट करियरमा ५१.३४ को औसतमा रन जोडेका छन् ।

यस विश्वकपमा अफगानिस्तानसँग २२ रन बटुल्दा इंग्ल्यान्डविरुद्ध ६३ रन जोडेका थिए । बाबर ठूलो इनिङ खेल्न सक्छन् । बाबरको उत्कृष्ट ब्याटिङमा पाकिस्तानले बिशाल योगफल बनाउन सक्छ । बाबरको उत्कृष्ट प्रर्दशन विना पाकिस्तानलाई आजको खेलमा जित निकाल्न कठिन समेत पर्ने देखिन्छ ।

मिचेल स्टार्क (अष्ट्रेलिया)

तीव्र गतिका बलर मिचेल स्टार्कले आफ्नो गति र योर्करमा विश्वका जुनसुकै ब्याट्सम्यानलाई निराश बनाउन सक्छन् । सर्वाधिक छिटो एक सय तथा १ सय ५० विकेट लिने कीर्तिमान कायम गरेका स्टार्कले मात्र ७८ वान डे खेलमा १ सय ५२ विकेट लिई सकेका छन् ।

विश्वकपअन्तर्गत वेस्ट इन्डिजसँगको खेलमा पनि उनले ५ विकेट लिदै अष्ट्रेलियाको जित पक्का गरेका थिए । त्यसैले आजको खेलमा स्टार्कको प्रर्दशन निकै महत्वपूर्ण हुने छ । पावर प्ले र डेथ ओभरमा उनको बलमा रन जोड्न विपक्षी ब्याट्सम्यानलाई कठिन हुने गर्दछ ।

मोहम्मद आमिर (पाकिस्तान)

खराब लयका कारण आमिर पाकिस्तानको पहिलो रोजाईमा विश्वकप टोलीमा पर्न सकेनन् । तर इंग्ल्यान्डसँग पाँच वान डे सिरिजमा पाकिस्तानको खराब प्रर्दशनका कारण विश्वकपको लागि पाकिस्तानले ३ खेलाडी परिवर्तन गर्दा आमिरले टोलीमा मौका पाए । जुन सहि सावित भएको छ । आमिर लयमा फर्किएका छन् ।

डेथ ओभर र पावर प्लेमा उत्कृष्ट प्रर्दशन गर्ने आमिरले वेस्ट इन्डिजसँगको खेलमा ३ र इंग्ल्यान्डसँग २ विकेट लिएका थिए । सन् २०१७ को च्याम्पियन्स ट्रफी फाइनलमा भारतलाई हराउँदै पाकिस्तानलाई उपाधि दिलाउन उत्कृष्ट प्रर्दशन गरेका आमिर बललाई स्विङ गराउन माहिर छन् । आमिर अष्ट्रेलियाका लागि आज घातक बन्न सक्छन् ।

यो पनि पढ्नुहोस् : अनिश्चित पाकिस्तान, बलियो अष्ट्रेलिया !

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.