7 years ago
June 15, 2019
एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत शनिवार पहिलो खेलमा साबिक विजेता अष्टेलियाले श्रीलंकासँग प्रतिस्पर्धा गर्दै छ। खेल नेपाली समय अनुसार लन्डन स्थित ओभल क्रिकेट मैदानमा ३:१५ देखी सुरु हुनेछ ।

अष्ट्रेलिया चौथो जित निकाल्ने दाउमा छ । श्रीलंका आजको खेलमा गर वा मरको अवस्थामा छ । श्रीलंकाले ४ खेलमा १ मा जिज १ मा हार र २ खेलमा अंक बाड्दै ४ अंक सहित पाँचौ स्थानमा छ । शीर्ष चारमा रहेर सेमिफाईनल खेल्ने आसा कायमै राख्न उसलाई आजको खेल जित्नुपर्ने दबाब छ ।
यता उपाधिको दाबेदार समेत रहेको साबिक विजेता अष्टेलियालाई आजको खेलमा जित निकाल्दै शीर्ष स्थानमा उक्लिने अवसर छ । अष्टे«लियाले ४ खेलमा ३ मा जित र १ मा हारका साथ ६ अंक जोड्दै तेस्रो स्थानमा छ । अष्टेलिया आजको खेलमा विजयी भए ८ अंकका साथ शीर्ष स्थानमा उक्लिने छ ।
पहिलो स्थानमा रहेको न्युजिल्यान्डले ४ खेलमा ३ मा जित सहित ७ अंक जोडेको छ । इंग्ल्यान्डले ४ खेलमा ३ मा जित र १ मा हारका साथ ६ अंक जा्डदै दोस्रो स्थानमा छ । भारत ३ खेलमा २ मा जितका साथ चौथो स्थानमा छ ।

अष्टे«लियाले अफगानिस्तानलाई ७ विकेट,वेस्ट इन्डिजलाई १५ रनले पराजित गरेको थियो । भारतसँग ३६ रनले स्तब्ध हुँदा चौथो खेलमा पाकिस्तानलाई ४१ रनले पराजित गरेको थियो । यता श्रीलंका पहिलो खेलमा न्युजिल्यान्डसँग १० विकेटले पराजित हुँदा अफगानिस्तानलाई ३४ रनले पराजित गरेको थियो । पाकिस्तान र बंगलादेशसँग भने वर्षाको कारण अंक बाडेको थियो ।
विश्वकपमा अष्टेलिया र श्रीलंकाबीच कुल ९ खेल भएका छन् । जसमा अष्टेलिया ७ खेलमा विजयी हुँदा १ खेलमा पराजित भएको छ । १ खेलको नजिता विहिन छ । सम्रगमा यी दुईदेशबीच ९६ वान डे खेलमा हुँदा ६० खेलमा अष्टेलिया विजयी भएको छ । ३० खेलमा श्रीलंकाले जित निकालेको छ । ४ खेलको नतिजा बिहीन छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]