default_image

7 years ago

June 15, 2019

कप्तान फिन्चको उत्कृष्ट शतक

114 views

0 Bookmark

एजेन्सी – कप्तान आरोन फिन्चले उत्कृष्ट शतक प्रहार गरेसँगै अष्ट्रेलियाले एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत श्रीलंकाविरुद्ध उत्कृष्ट प्रर्दशन जारी राखेको छ ।

लन्डन स्थित ओभल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको अष्ट्रेलियाका ओपनर आरोन फिन्चले ९७ बलमा शतक पुरा गरेका छन् । ३३ ओभरको दोस्रो मिलिन्दा सिरीवर्दनाई छक्का प्रहार गर्दै फिन्चले वान डे करियरको १४ औं शतक पुरा गरे ।

फिन्च १ सय ३ बलमा ८ चौका र ४ छक्का सहित १ सय ४ रनमा खेलि रहेका छन् । फिन्चलाई पुर्व कप्तान स्टिभ स्मिथले ३४ बलमा ४ चौका सहित ३९ रनमा खेल्दै राम्रो साथ दिएका छन् ।

त्यस अघि फिन्चले ओपनर डेविड वार्नरसँग १६.४ ओभर सम्म ८० रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । धनन्जय डी शिल्भाले बोल्ड आउट गर्नु अघि वार्नरले ४८ बलमा २ चौका सहित २६ रन बटुले ।

२३ ओभरको अन्तिम बलमा शिल्भालेनै उस्मान खवाजालाई इसरु उडनाबाट १० रनमा क्याच आउट गराए । श्रीलंकाका अन्य कुनैपनि बलरले विकेट लिन सकेका छैनन् । यो समचार तयार पार्दासम्म अष्ट्रेलियाले ३४ ओभरमा २ विकेट गुमाउँदै १ सय ९० रन जोडेको छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.