default_image

7 years ago

June 15, 2019

फिन्चको सानदार शतकमा श्रीलंकालाई विशाल लक्ष्य

116 views

0 Bookmark

एजेन्सी – कप्तान आरोन फिन्चले सानदार शतक प्रहार गरेसँगै अष्ट्रेलियाले एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा श्रीलंकालाई ३ सय ३५ रनको विशाल लक्ष्य दिएको छ ।

लन्डन स्थित ओभल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको अष्टे«लियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ३४ रन बनायो । उसका लागि ओपनर तथा कप्तान आरोन फिन्चले सानदार शतक प्रहार गरे । ४३ ओभरको चौथो बलमा इसुरु उडानाले कप्तान दिमुथ कुरुणारत्नेबाट क्याच गराउनु अघि १ सय ३२ बलमा १५ चौका ५ छक्का सहित १ सय ५३ रनको उत्कृष्ट शतकीय योगदान दिए ।

जारी विश्वकपमा शतक प्रहार गर्ने फिन्च पहिलो कप्तान समेत हुन् । फिन्चले ९७ बलमा शतक पुरा गरेका थिए । ३३ ओभरको दोस्रो मिलिन्दा सिरीवर्दनाई छक्का प्रहार गर्दै फिन्चले वान डे करियरको १४ औं शतक पुरा गरेका थिए । फिन्चले तेस्रो विकेटका लागि पुर्व कप्तान स्टिभ स्मिथसँग १ सय ७३ रनको शतकीय साझेदारी गर्दै विशाल योगफल पक्का गरे । ४४ ओभरको तेस्रो बलमा लाथिस मलिङ्गाले बोल्ड आउट गर्नुअघि स्मिथले ५९ बलमा ७ चौका र १ छक्का सहित ७३ रन जोडे ।

ओपनर फिन्च र डेविड वार्नरले पहिलो विकेटका लागि १६.४ ओभरमा ८० रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । धनन्जय डी शिल्भाले बोल्ड आउट गर्नु अघि वार्नरले ४८ बलमा २ चौका सहित २६ रन बटुले । २३ ओभरको अन्तिम बलमा शिल्भालेनै उस्मान खवाजालाई इसरु उडनाबाट १० रनमा क्याच आउट गराए ।

तल्लोक्रममा ग्लेन म्याक्सवेलले आक्रमक ब्याटिङ गर्दै २५ बलमा ५ चौका र १ छक्का सहित ४६ रनमा अविजित रहे । तल्लोक्रममा शन मार्श ३,एलेक्स करी ४,प्याट कमिन्स डक आउट भए । मिचेल स्टार्क ५ रनमा नट आउट रहे । श्रीलंकाका लागि धनन्जय डी शिल्भा र इसुरु उडानाले समान २ विकेट लिए । लाथिस मलिङ्गाको नाममा १ विकेट रह्यो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.