default_image

7 years ago

June 15, 2019

श्रीलंकालाई हराउँदै अष्ट्रेलिया विश्वकपको शीर्षस्थानमा

165 views

0 Bookmark

एजेन्सी – साविक विजेता अष्ट्रेलिया एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिताको अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ ।

श्रीलंकालाई ८७ रनले पराजित गर्दै अष्ट्रेलिया शीर्ष स्थानमा उक्लिएको हो । ३ सय ३५ रनको विशाल विजयी लक्ष्य पछ्याएको श्रीलंका ४५.५ ओभरमा अल आउट हुँदै २ सय ४५ रनमा समेटियो । कप्तान दिमुथ करुणारत्नेले सर्वाधिक ९७ रनको योगदान दिएपनि अन्य खेलाडीको साथ नपाउँदा टोलीको हार टार्न सकेनन् । ३३ ओभरको पहिलो बलमा केन रिचड्सनले ग्लेन म्याक्सवेलबाट क्याच आउट गराएपछि उनी आफ्नो वान डे करियरको पहिलो शतक पुरा गर्न मात्रै ३ रनले चुकेका थिए । उनले १ सय ८ बलमा ९ चौका प्रहार गरे ।

पहिलो विकेटका कप्तान दिमुथ करुणारत्ने र कुशल परेराले १५.३ ओभरमा १ सय १५ रनको उत्कृष्ट साझेदारी गदैं राम्रो सुरुवात दिलाएपनि अन्य खेलाडीले त्यसलाई निरन्तरता दिन नसक्दा श्रीलंका पराजित हुन पुगेको हो । तर मिचेल स्टार्कले परेरालाई ५२ रनमा बोल्ड आउट पेभिलिएन फर्काएपछि अष्ट्रेलिया खेलमा फर्किएको थियो । परेराले ३६ बलमा ५ चौका र १ छक्का प्रहार गरे ।

मध्यक्रम र तल्लोक्रमका कुनै पनि ब्याट्सम्यानले सम्झन योग्य प्रर्दशन गर्न सकेनन् । लाहिरु तारिमने १६,कुशल मेन्डिस ३०,एन्जिलो मैथ्युज ९,तिसेरा परेरा ७ रनमा आउट भए । त्यस्तै इसुरु गडाना ८, लाथिस मलिङ्गा १ धनन्जय डि शिल्भाले १६ रन जोडे । अष्ट्रेलियाको सहज जितमा मिचेल स्टार्कले १० ओभरमा ५५ रन खर्चेर ४ विकेट लिए । केन रिचड्सनले ३,प्याट कमिन्स २ र जोसन बेहनडर्फको नाममा १ विकेट रह्यो ।

त्यसअघि लन्डन स्थित ओभल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ३४ रन बनायो । उसका लागि ओपनर तथा कप्तान आरोन फिन्चले सानदार शतक प्रहार गरे । ४३ ओभरको चौथो बलमा इसुरु उडानाले कप्तान दिमुथ कुरुणारत्नेबाट क्याच गराउनु अघि १ सय ३२ बलमा १५ चौका ५ छक्का सहित १ सय ५३ रनको उत्कृष्ट शतकीय योगदान दिए ।

जारी विश्वकपमा शतक प्रहार गर्ने फिन्च पहिलो कप्तान समेत हुन् । फिन्चले ९७ बलमा शतक पुरा गरेका थिए । ३३ ओभरको दोस्रो मिलिन्दा सिरीवर्दनाई छक्का प्रहार गर्दै फिन्चले वान डे करियरको १४ औं शतक पुरा गरेका थिए । फिन्चले तेस्रो विकेटका लागि पुर्व कप्तान स्टिभ स्मिथसँग १ सय ७३ रनको शतकीय साझेदारी गर्दै विशाल योगफल पक्का गरे । ४४ ओभरको तेस्रो बलमा लाथिस मलिङ्गाले बोल्ड आउट गर्नुअघि स्मिथले ५९ बलमा ७ चौका र १ छक्का सहित ७३ रन जोडे ।

ओपनर फिन्च र डेविड वार्नरले पहिलो विकेटका लागि १६।४ ओभरमा ८० रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । धनन्जय डी शिल्भाले बोल्ड आउट गर्नु अघि वार्नरले ४८ बलमा २ चौका सहित २६ रन बटुले । २३ ओभरको अन्तिम बलमा शिल्भालेनै उस्मान खवाजालाई इसरु उडनाबाट १० रनमा क्याच आउट गराए ।

तल्लोक्रममा ग्लेन म्याक्सवेलले आक्रमक ब्याटिङ गर्दै २५ बलमा ५ चौका र १ छक्का सहित ४६ रनमा अविजित रहे । तल्लोक्रममा शन मार्श ३,एलेक्स करी ४,प्याट कमिन्स डक आउट भए । मिचेल स्टार्क ५ रनमा नट आउट रहे । श्रीलंकाका लागि धनन्जय डी शिल्भा र इसुरु उडानाले समान २ विकेट लिए । लाथिस मलिङ्गाको नाममा १ विकेट रह्यो ।

योसँगै अष्ट्रेलियाले ५ खेलमा ४ मा जित र १ मा हारका साथ ८ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । न्युजिल्यान्ड ४ खेलमा ३ मा जित सहित ७ अंकका साथ दोस्रो स्थानमा छ । इंग्ल्यान्ड ४ खेलमा ३ मा जित र १ मा हारका साथ तेस्रो स्थानमा झरेको छ । भारत ३ खेलमा २ मा जितका साथ ५ अंक जोड्दै चौथो स्थानमा यथावत छ । अष्ट्रेलियाले आफ्नो छैटौं खेल आगमी असार ५ मा बंगलादेशसँग खेल्ने छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.