default_image

7 years ago

June 16, 2019

‘नयाँ खेलाडीलाई मौका दिने सोच छ’ – प्रशिक्षक दास

143 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यू१९ राष्ट्रिय क्रिकेट टोलीले अर्को महिना मलेसियामा हुने एसीसी यू-१९ इस्टर्न रिजन प्रतियोगिताको उपाधि जित्ने लक्ष्यका साथ टीयू क्रिकेट मैदानमा तयारी थालेको छ ।

प्रशिक्षक विनोद दास

एक महिनाअघि विश्वकप छनोटमा अन्तिम १८ रहेका खेलाडी, प्रधानमन्त्री एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता तथा यू१६ टोलीमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई टोलीमा बोलाउँदै शुक्रबारबाट तयारी थालिएको छ । प्रशिक्षण कहिलेसम्म हुने भन्ने अनिश्चित छ । भारत भ्रमणमा जाने भए नेपाली टोलीले अरु एक हप्ता मात्रै प्रशिक्षण गर्ने छ । भारतमा नजाने भए नेपालले अझै २ साता टियूमै प्रशिक्षण गर्नेछ ।

मलेसियामा ३० जुन देखि १० जुलाई सम्म चल्ने प्रतियोगितामा समुह ए मा नेपालसँगै सिंगापुर, म्यानमार र चीन छन् । त्यस्तै समुह बी मा हङकङ, थाईल्यान्ड, भुटान र आयोजक मलेसिया छन् । यस प्रतियोगिताको विजेता टोलीले २८ अगस्ट देखी ८ सेप्टेम्बरसम्म श्रीलंकामा हुने एसिया कप खेल्न पाउने छ । प्रतिस्पर्धीहरु हेर्दा नेपाल यस प्रतियोगिताको प्रमुख दाबेदार टोली मानिन्छ ।

यस प्रतियोगिताको विजेतासँगै भारत,पाकिस्तान,बंगलादेश,अफगानिस्तान,यूएई र कुवेतले एसिया कपमा प्रतिस्पर्धा गर्ने छन् । बन्द प्रशिक्षणमा राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गरि सकेका तथा यू१९ का कप्तान रोहित कुमार पौडेल, सन्दीप जोरा र पवन सरार्फ छन् । त्यस्तै घरेलु प्रतियोगितामा राम्रो प्रभाव जमाएका भिम सार्की, सागर ढकाल, राशिद खानलगायतका अनुभवी खेलाडी छन् । पीएम कपमा उदयमान खेलाडी घोषित भएका खडक बोहोरा, यू१६ का कप्तान विशाल केसी,निखिल सिंह लगायतका युवा खेलाडीले पनि बन्द प्रशिक्षणमा छन् । बन्द प्रशिक्षणमा २४ जना भन्दा बढि खेलाडी रहेका छन् ।

रोहितकुमार पौडेल

प्रशिक्षक विनोद दासका अनुसार उपाधि जित्दै एसिया कप खेल्ने नेपालको लक्ष्य छ । यस पटक प्रशिक्षक दास केहि नयाँ युवा खेलाडीलाई मौका दिने सोचमा छन् । ‘केहि नयाँ खेलाडीलाई मौका दिने सोचमा छु । मौका दिन उसको प्रर्दशन भने राम्रो हुनुपर्छ । कुनै पनि नयाँ खेलाडीले टोलीमा स्थान बनाउन यसअघि टोलीमा रहेका खेलाडीलाई चुनौती दिन सक्ने हुनुपर्छ’,दासले भने । ती खेलाडी दुई वर्षपछि विश्वकप छनोटलाई समेत मध्यनजर गर्दै मौका दिने सोच राखेको दास बताउँछन् ।

‘विश्वकप छनोटमा सम्रगमा राम्रो प्रर्दशन भएको हुँदा खासै परिवर्तन गर्ने ठाउँ पनि छैन । टोलीमा एक वर्षदेखी लेग स्पिनर छैनन् । यस पटक एक लेग स्पिनरलाई मौका दिन लागेका छौं,’ दास बताउँछन् । दासले अहिले टोलीमा एक विकेटकीपर साथै दुई अन्य ब्याट्सम्यान र एक लेग स्पिनर अहिले मुख्य आवश्यकता रहेको बताए ।

यू-१९ टोली अभ्यासको लागि एक हप्ता भारतको बेंगलोरमा जाने सोचमा छ । ‘हामीले अनुरोध पठाएको १० दिन जति भयो । तर यताबाट निर्णय भएको छैन । आसा छ एक दुईदिनमै निर्णय हुनेछ’ ,दासले भने । यदी अनुमती आए यू-१९ टोलीले बेंगलोरको स्टेट स्तरका खेलाडीसँग तीन चार अभ्यास खेल खेल्ने छ ।

प्रशिक्षक दास नेपाल उपाधिको दाबेदार टोली रहेको बताउँछन् । तर यू१९ टिममा खेलाडी छोटो समयमै परिवर्तन हुने हुँदा विपक्षी टोली कस्तो छ भन्ने यसै भन्न नमिल्ले दासको बुझाई छ । ‘खेलाडीको सानो कमजोरी र भाग्यले साथ नदिँदा उत्कृष्ट हुँदाहुँदै पनि विश्वकपमा छनोट हुन सकेनौं । हामी विश्वकप खेल्न लायक टोली हौं । अब यसलाई एसिया कपमा सशक्त प्रदर्शन गरेर बिर्साउनु आवश्यक छ,’ उनले टुंग्याए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.