default_image

7 years ago

June 16, 2019

भारत र पाकिस्तानलाई बर्षाको चिन्ता !

132 views

0 Bookmark

एजेन्सी – इंग्ल्यान्ड र वेल्समा जारी एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत आईतबार सर्वाधिक प्रतिक्षित खेल हुँदै छ । आज भारत र पाकिस्तान भिड्दै छन् । खेल नेपाली समय अनुसार दिउँसो ३:१५ देखि सुरु हुने छ ।

विश्व क्रिकेटमा भारत र पाकिस्तानबीच बिरलै प्रतिस्पर्धा हुने गर्दछ । आन्तरिक विवादका कारण यी दुई देशले लामो समय देखी एक अर्कामा सिरिज खेलेका छैनन् । तुलनात्मक रुपमा पाकिस्तान भन्दा भारत बलियो टोली मानिन्छ । तर पाकिस्तानले वेला वेला अप्रत्याशित नतिजा निकाल्दै विश्व क्रिकेटलाईनै आश्चर्यमा पार्दै आएको छ ।

सन् २०१७ को च्याम्पियनशीप ट्रर्फिको फाईनलमा भारतलाई १ सय ८० रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तानले उपाधि जितेको थियो । इंग्ल्यान्डमा दुईवर्षपछि पाकिस्तान त्यहि नतिजा दोहोराउन चाहान्छ ।

यता भारत भने त्यो हारको बदला लिने सोचमा छ । त्यस यता भारत र पाकिस्तानबीच २ खेल भएका छन् । गत वर्ष एसिया कपका दुबै खेलमा भारतले पाकिस्तानलाई सहजै हराएको थियो ।

विश्वकपमा पाकिस्तानले हालसम्म भारतलाई हराउन सकेको छैन । यी दुई देशबीच विश्वकपमा ६ खेल हुँदा ६ खेलमै पाकिस्तान पराजित भएको छ । त्यसैले पाकिस्तान आजको खेलमा भारतलाई हराउदै इतिहास रच्ने अवसर र चुनौती दुबै छ । प्रमुख उपाधीको दाबेदार टोली मध्य एक भारत भने इतिहासको नतिजा कायमै राख्ने दाउमा छ ।

वान डे हेड टु हेडमा भने भारत भन्दा पाकिस्तान अघि देखिन्छ । भारत र पाकिस्तानबीच कुल १ सय ३१ वान डे खेल भएको छ । जसमा पाकिस्तान ७३ खेलमा विजयी हुँदा ५४ खेलमा पराजित भएको छ । चार खेलको नतिजा विहिन छ ।

जारी प्रतियोगिता भारत अपराजित छ । भारतले पहिलो खेलमा दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गर्दा अष्ट्रेलियालाई ३६ रनले हराएको थियो । न्युजिल्यान्डसँग भने वर्षाको कारण रद्ध हुन पुगेको थियो ।

यता पहिलो खेलमा वेस्ट इन्डिजसँग ७ विकेटले स्तब्ध भएको पाकिस्तानले दोस्रो खेलमा उत्कृष्ट पुनरागमन गर्दै इंग्ल्यान्डलाई १४ रनले हराएको थियो । श्रीलंकासँग वर्षाको कारण रद्द हुँदा चौथो खेलमा अष्टेलियासँग ४१ रनले पराजित हुन पुग्यो । शीर्ष चारमा रहेर सेमिफाईनल खेल्ने आसा कायमै राख्न पाकिस्तानलाई आजको खेल जित्नै पर्ने दबाब पनि रहने छ ।

ओपनर फकार जमान,बाबर आजम,मोहम्मद हफिज,सादब खान,मोहम्मद आमिर र वहाब रियाजको उत्कृष्ट प्रर्दशनमा पाकिस्तानले भारतलाई स्तब्ध पार्न सक्छ ।

भारतलाई ओपनर रोहित शर्मा,कप्तान विराट कोहली, विकेटकीपर महेन्द्र सिंह धोनी,अलराउण्डर हार्दिक पान्ड्या र तीब्र गतिका बलर जुप्रित बुमराहको प्रर्दशन निकै महत्वपूर्ण रहेने छ शिखर धवन चोटका कारण टोली बाहिर रहँदा चौथो नम्बरमा ब्याटिङ गरेका केएल राहुलले आजको खेलमा ओपनिङ गर्ने छन् । योसँगै भारतले चौथो नम्बरमा कसलाई मैदान उतार्ने भन्ने चिन्ता थपिएको छ ।

जारी विश्वकपमा चार खेल वर्षाको कारण रद्द भएको छ । त्यस्तै आज भारत र पाकिस्तानबीचको खेल पनि वर्षाले प्रभावित हुन सक्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार आज हुने भारत र पाकिस्तानको मैदानमा पानि पर्ने संभावना देखिन्छ । जुन मैदानमा शनिवार पानी पर्दा कभर पुरै ढाकिएको छ । मैदान केहि हिलो भएको छ । जुन मैदान सुक्न ४,५ घण्टा घाम लाग्नुपर्ने इन्डिया स्पोट्सले जनाएको छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.