7 years ago
June 16, 2019
एजेन्सी – ओपनर रोहित शर्माले उत्कृष्ट शतक प्रहार गरेसँगै एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगिता भारतले पाकिस्तानलाई ३ सय ३७ रनको विशाल लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ३ सय ३६ रन बनायो । उसका लागि ओपनर रोहित शर्माले उत्कृष्ट शतक प्रहार गरे । ३९ ओभरको दोस्रो बलमा हसन अलीले वहाब रियाजबाट क्याच आउट गराउनु अघि रोहितले १ सय १३ बलमा १४ चौका ३ छक्का प्रहार गर्दै १ सय ४० रनको शतकीय योगदान दिए ।
रोहितले ८५ बलमा आफ्नो वान डे करियरको २४ औं शतक पुरा गरेका थिए । ३० ओभरको अन्तिम बलमा सादव खानलाई १ रन प्रहार गर्दै विश्वकपमा तेस्रो शतक पुरा गरे । रोहितको जारी विश्वकपमा यो दोस्रो शतक समेत हो । यस अघि रोहितले दक्षिण अफ्रिकाविरुद्ध पनि शतक प्रहार गरेका थिए ।

त्यस्तै कप्तान विराट कोहलीले ७७ रनको महत्वपूर्ण योगदान दिए । मोहम्मद आमिरको ४८ ओभरको चौथो बलमा ठूलो शट खेल्ने धुनमा कट हुन पुग्दा विकेटकीपर शरफर्राज अहमिदले क्याच आउट गरे । कोहलीले ६५ बलमा ७ चौका प्रहार गरे ।
त्यस अघि पहिलो विकेटका लागि ओपनर केएल राहुल र रोहित शर्माले २३.५ ओभरमा १ सय ३६ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाए । राहुललाई वहाब रियाजले बाबर आजमबाट क्याच आउट गराउनु अघि ७८ बलमा ३ चौका र २ छक्का सहित ५७ रनको योगदान दिए ।
हार्दिक पान्ड्याले २६,महेन्द्र सिंह धोनी १ रनमा आउट भए । विजय शंकर १५ र केदार जाधव रनमा ९ रन अविजित रहे ।
पाकिस्तानका लागि मोहम्मद आमिरले १० ओभरमा १ मेडन सहित ४७ रन खर्चेर ३ विकेट लिए । त्यस्तै वहाब रियाज र हसन अलीको नाममा समान १ विकेट रह्यो ।
यस लक्ष्य पाकिस्तानले पक्ष्याउन सके विश्कपमा पहिलो पटक भारतलाई हराउने छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]