default_image

7 years ago

June 17, 2019

भारतसँग पाकिस्तानको लगातार हार

138 views

0 Bookmark

एजेन्सी – इंग्ल्यान्ड र वेल्समा जारी एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा भारतले लगातार तेस्रो जित निकालेको छ । आईतबार राती पाकिस्तानलाई वर्षाले असर गरेको खेलमा ८९ रनले पराजित गर्दै भारतले अपराजित यात्रा कायमै राखेको हो ।

वर्षाका कारण पाकिस्तानले ४० अोभरमा ३ सय २ रनको लक्ष्य प्राप्त गर्दा ६ विकेट गुमाउँदै २ सय १३ रनमात्र जोड्न सकेको थियो । वर्षाको कारण ३५ ओभरमा पाकिस्तान १६६-६ को अवस्थामा खेल रोकिएको थियो । त्यसअघि ५० अोभरमा ३ सय ३७ रनको विशाल लक्ष्य पछ्याएको पाकिस्तानले सुखद सुरुवात भने पाएन ।

विजय शंकरले ओपनर इमाम उल हकलाई ७ रनमा एलबी डब्लू आउट गर्दै भारतलाई पहिलो सफलता दिलाएका थिए । पाकिस्तानका लागि ओपनर फकार जमानले सर्वाधिक ६२ रनको योगदान दिए । कुलदीप यादवको २६ ओभरको दोस्रो बलमा ठूलो शट खेल्ने धुनमा क्याच आउट हुनुअघि जमानले ७५ बलमा ७ चौका र १ छक्का प्रहार गरे ।

दोस्रो विकेटका लागि जमान र बाबर आजमले १ सय ४ रनको उत्कृष्ट साझेदारी गर्दै जितको झिनो आसा देखाएका थिए । तर २४ ओभरको अन्तिम बलमा कुलदीपले बाबरलाई ४८ रनमा बोल्ड आउट गर्दै शतकीय साझेदारी तोडेसँगै भारत खेलमा फर्किएको थियो । बाबरले ५७ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।

२७ ओभरको पाँचौ बलमा हार्दिक पान्ड्याले मोहम्मद हफिजलाई विजय शंकरबाट क्याच गराउँदै ९ रनमा पेभिलिएन फर्काए । लगत्तै अर्को बलमा हार्दिकले सोएब मालिकलाई शुन्यमा बोल्ड आउट गरेपछि पाकिस्तानको जितको संभावना कठिन बनेको थियो । कप्तान शरर्फराज अहमिदलाई विजय शंकरले १२ रनमा बोल्ड आउट गरे । ईमाद वासिम ४६ र शादव खान २० रनमा नटआउट रहे । भारतका लागि हार्दिक पान्ड्या, कुलदीप यादव र विजय शंकरले समान २-२ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ३ सय ३६ रन बनायो । उसका लागि ओपनर रोहित शर्माले उत्कृष्ट शतक प्रहार गरे । ३९ ओभरको दोस्रो बलमा हसन अलीले वहाब रियाजबाट क्याच आउट गराउनु अघि रोहितले १ सय १३ बलमा १४ चौका ३ छक्का प्रहार गर्दै १ सय ४० रनको शतकीय योगदान दिए ।

रोहितले ८५ बलमा आफ्नो वान डे करियरको २४ औं शतक पुरा गरेका थिए । ३० ओभरको अन्तिम बलमा सादव खानलाई १ रन प्रहार गर्दै विश्वकपमा तेस्रो शतक पुरा गरे । रोहितको जारी विश्वकपमा यो दोस्रो शतक समेत हो । यस अघि रोहितले दक्षिण अफ्रिकाविरुद्ध पनि शतक प्रहार गरेका थिए ।

त्यस्तै कप्तान विराट कोहलीले ७७ रनको महत्वपूर्ण योगदान दिए । मोहम्मद आमिरको ४८ ओभरको चौथो बलमा ठूलो शट खेल्ने धुनमा कट हुन पुग्दा विकेटकीपर शरफर्राज अहमिदले क्याच आउट गरे । कोहलीले ६५ बलमा ७ चौका प्रहार गरे ।

त्यस अघि पहिलो विकेटका लागि ओपनर केएल राहुल र रोहित शर्माले २३.५ ओभरमा १ सय ३६ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाए । राहुललाई वहाब रियाजले बाबर आजमबाट क्याच आउट गराउनु अघि ७८ बलमा ३ चौका र २ छक्का सहित ५७ रनको योगदान दिए । 
हार्दिक पान्ड्याले २६,महेन्द्र सिंह धोनी १ रनमा आउट भए । विजय शंकर १५ र केदार जाधव रनमा ९ रन अविजित रहे ।

पाकिस्तानका लागि मोहम्मद आमिरले १० ओभरमा १ मेडन सहित ४७ रन खर्चेर ३ विकेट लिए । त्यस्तै वहाब रियाज र हसन अलीको नाममा समान १ विकेट रह्यो ।

यो जितसँगै भारत ४ खेलमा ३ मा जितका साथ ७ अंक जोड्न सफल भएको छ । भारतले आफ्नो पाँचौ खेलमा आगमी शनिवार अफगानिस्तानसँग खेल्ने छ । विश्वकप क्रिकेटमा पाकिस्तान भारतसँग लगातार सातौंपटम पराजित भएको हो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.