7 years ago
June 17, 2019
एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा आज बंगलादेश र वेस्टइन्डिज भिड्दै छन् । खेल नेपाली समय अनुसार दिउँसो ३:१५ देखि सुरु हुने छ । दुवै टोलीलाई जित्नै पर्ने दबाब छ ।

विश्वकपमा हालसम्म बंगलादेशले वेस्ट इन्डिजलाई हराउन सकेको छैन । विश्वकपका यी दुई देशबीच ४ खेल हुँदा वेस्ट इन्डिजले ३ खेलमा पराकिलो जित निकालेको छ । एक खेलको भने नतिजा बिहीनछ । बंगलादेश वेस्ट इन्डिजलाई हराउँदै इतिहास रच्ने सोचका साथ मैदान प्रवेश गर्ने छ । यता विश्फोटक ब्याट्सम्यानले भोरिएको वेस्ट इन्डिज विश्कपको साखलाई निरन्तरता दिन चाहान्छ ।
वेस्ट इन्डिज ४ खेलमा १ खेलमा जित र २ हारका साथ छैटौं स्थानमा छ । वेस्ट इन्डिजले पाकिस्तानलाई ७ विकेटले पराजित गर्दै उत्कृष्ट सुरुवात गरेको थियो । दोस्रो खेलमा अष्टे«लियासँग १५ रनले पराजित हुँदा दक्षिण अफ्रिकासँग भने बर्षाको कारण अंक बाड्यो । चौथो खेलमा इंग्ल्यान्डसँग ८ विकेटले पराजित भएको वेस्ट इन्डिजलाई शीर्ष चारमा रहेर सेमिफाईनल खेल्ने यात्रा बलियो बनाउन आजको खेल जित्नै पर्ने दबाब छ ।
यता ४ खेलमा १ मा जित र २ मा हारका साथ आठौं स्थानमा रहेको बंगलादेशलाई पनि आजको खेल जित्नै पर्ने दबाब छ । पहिलो खेलमा दक्षिण अफ्रिकालाई २१ रनले हराएको बंगलादेशले दोस्रो खेलमा न्युजिल्यान्डसँग २ विकेटले पराजित भएको थियो । इंग्ल्यान्डसँग १ सय ६ रनले पराजित भएको बंगलादेश चौथो खेलमा भने श्रीलंकासँग वर्षाको कारण अंक बाड्न बाध्य बनेको थियो ।

इंग्ल्यान्डविरुद्ध शतक प्रहार गरेका अलराउण्डर सकिब अल हसन उत्कृष्ट लयमा छन् । उनको प्रर्दशन आजको खेलमा बंगलादेशलाई महत्वपूर्ण रहने छ । ओपनर तामिम इकवालले खराब प्रर्दशन बंगलादेशलाई चिन्ताको विषय हो ।
यता वेस्ट इन्डिजका विश्फोटक ब्याट्सम्यान आन्द्रे रसेलले आसा गरे अनुसार ठूलो इनिङ खेल्न सकेका छैनन् । त्यस्तै युवा खेलाडी शाई होप र इभिन लुईसले पनि अपेक्षा गरे अनुसार प्रर्दशन गर्न सकेका छैनन् । बलिङतर्फ शिल्डन कर्टेल र ओशन थोमसले भने उत्कृष्ट प्रर्दशन गर्दै विपक्ष्य ब्याट्सम्यानलाई राम्रो चुनौती दिएका छन् ।
बंगलादेश र वेस्ट इन्डिजबीच हालसम्म ३६ वान डे खेल भएको छ । जसमा वेस्ट इन्डिज २१ खेलमा विजयी हुँदा १३ खेलमा हारेको छ । २ खेलको नतिजा विहिन छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]