7 years ago
June 21, 2019
एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछासँगै तीव्र गतिका बलर सोमपाल कामीले पनि ग्लोबल टी ट्वान्टी क्यानडा प्रिमियर लिग २०१९ मा खेल्ने भएका छन् ।

बिहीबार सम्पन्न ड्राफ्टमा सन्दीपलाई टोरोन्टो नेशनले ६० हजार अमेरिकी डलर खर्चेर अनुबन्ध गरेको हो । सन्दीप लामिछानेको टिममा भारतीय टिमका पुर्व ब्याट्सम्यान युवराज सिंह समेत रहेका छन् । सन्दीपले गत वर्ष ग्लोबल टी–२० क्रिकेट क्यानडामा मोन्ट्रेल टाइगर्सबाट ५ खेल खेल्दै ८ विकेट लिएका थिए । टाइगर्सले गत वर्ष सन्दीपलाई ४० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको थियो ।
यसैगरी राष्ट्रिय टोलीका महत्त्वपूर्ण सदस्य सोमपाल कामीले पनि पहिलो पटक विदेशी टि-२० लिग खेल्ने भएका छन् । उनलाई विनिपेग हक्सले छनोट गरेको हो । ड्राफ्टमा ३ हजार अमेरिकी डलर न्युनतम रकम राखेका सोमपाललाई हक्सले छानेको हो । प्रतियोगिता २५ जुलाईदेखि ११ अगस्टसम्म क्यानाडामा हुँदैछ । सोमपाल पहिलो पटक विदेशी लिगको ड्राफ्टबाट अन्तिम टोलीमा छनोट भएका हुन् ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]