default_image

5 years ago

July 1, 2019

फर्नान्डोको शतकमा श्रीलंकाको विशाल योगफल

एजेन्सी – युवा खेलाडी अभिष्का फर्नान्डोले शतक प्रहार गरेपछि आईसीसी एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा श्रीलंकाले वेस्ट इन्डिजलाई ३ सय ३९ रनको विशाल लक्ष्य दिएको छ । जारी विश्वकपमा श्रीलंकाको लागि यो सर्वाधिक योगफल पनि हो । टस हारेर पहिला ब्याटिङ थालेको श्रीलंकाले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय ३८ रन बनायो । श्रीलंकाको […]

25 views

0 Bookmark

एजेन्सी – युवा खेलाडी अभिष्का फर्नान्डोले शतक प्रहार गरेपछि आईसीसी एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा श्रीलंकाले वेस्ट इन्डिजलाई ३ सय ३९ रनको विशाल लक्ष्य दिएको छ । जारी विश्वकपमा श्रीलंकाको लागि यो सर्वाधिक योगफल पनि हो

टस हारेर पहिला ब्याटिङ थालेको श्रीलंकाले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय ३८ रन बनायो । श्रीलंकाको लागि युवा खेलाडी अभिष्का फर्नान्डोले १ सय ३ बलमा ९ चौका र २ छक्का सहित १ सय ४ रनको महत्वपूर्ण योगदान दिए । फर्नान्डोलाई ४८ ओभरको दोस्रो बलमा शेल्डन कट्रेलले फबिएन एलनबाट क्याच आउट गराए ।

फर्नान्डोले एक सय बलमा आफ्नो वान डे करियरको पहिलो शतक पुरा गरे । जारी विश्वकपमा श्रीलंकाबाट शतक प्रहार गर्ने फर्नान्डो पहिलो खेलाडी हुन् । कप्तान दिमुथ करुणारत्ने र कुशल परेराले पहिलो विकेटका लागि १५.२ ओभरमा ९३ रनकोे साझेदारी गर्दै श्रीलंकालाई उत्कृष्ट सुरुवात दिलाएका थिए ।

यी दुईबीचको साझेदारी कप्तान जोसन होल्डरले शाई होपबाट दिमुथ करुणारत्नेलाई ३२ रनमा क्याच आउट गराउँदै तोडे । उनले ४८ बलमा ४ चौका प्रहार गरे । १९ ओभरको पहिलो रन आउट हुनुअघि कुशलले ५१ बलमा ८ चौका प्रहार गर्दै ६४ रनको योगदान दिए ।

३२ औं ओभरको पाँचौ बलमा फबिएन एलिनले कुशल मेन्डिसलाई ३९ रनमा क्याच आउट गरे । होल्डरले एन्जिलो मेथ्युजलाई २६ रनमा बोल्ड आउट गरे । तल्लोक्रमका लाहिरु थिरिमनेले ३३ बलमा ४ चौका सहित ४५ रनमा अविजित रहे । वेस्ट इन्डिजका लागि कप्तान जोसन होल्डरले २,फबिएन एलिन,ओशन थोमस र कट्रेलले समान १ विकेट हात पारे ।

April 25, 2024

आइपिएलमा बैंगलुरुको दोस्रो जित

एजेन्सी – रोयल च्यालेन्जर्स बैंगलुरुले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जित हासिल गरेको छ । बैंगलुरुले बिहीबार सनराइजर्स हैदरावादलाई ३५ रनले हराएको छ । २ सय ७ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७१ रन मात्र बनाउन सक्यो ।टोलीका लागि सहवाज अमेदले सर्वाधिक नटआउट ४० रन बनाए । […]

April 25, 2024

कर्णालीको जितमा कोशीको छैटौं पराजय

काठमाडौं (हाम्रो खेलकुद) – पुछारमा रहेको कोशी प्रदेशलाई ५ विकेटले सहजै हराउँदै कर्णाली‌ प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपको फाइनलमा पुग्ने संभावनालाई कायमै राखेको छ। लगातारको छैटौं हारमा कोशी अंक विहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। ९४ रनको सहज विजय लक्ष्य कर्णाली प्रदेशले मात्र ६. ३ बलमा ५ विकेट गुमाउँदै पुरा गर्यो। ओपनर विपिन रावल […]

April 25, 2024

सुपर ओभरमा मधेशको जित , सुदूरपश्चिम बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – सुपर ओभरमा सुदूरपश्चिमलाई हराउँदै मधेश प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा चौथो जित हात पारेको छ। सुपर ओभरमा सुदूरपश्चिमले मात्र ७ रन बनायो। मधेशले पाँचौ बलमा जित हात पारेको हो। यो हारमा सुदूरपश्चिम एक खेल अगाडि नै लिग चरणबाट बाहिरिएको छ। माथिल्लो मुलपानी मैदानमा पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ७ […]

Success

Thank you for your time.