6 years ago
July 23, 2019
सिंगापुर (हाम्रो खेलकुद) – आईसीसी टि-२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत नेपाल एकमात्र अंकविहिन टोली बनेको छ । मंगलबार पहिलो खेलमा नेपाल कतारसँग पराजित भएपछि प्रतियोगितामा खराब सुरुवात गरेको थियो ।

टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले अलआउट हुदै १ सय २२ रनमात्र जोड्न सकेको थियो । जवाफमा कतारले ६ विकेटको क्षतिमा २० औं ओभरमा जित दर्ता गर्दै प्रतियोगितामा पहिलो जित आत्मसात गरेको थियो । कतारले सोमबार भएको पहिलो खेलमा सिंगापुरसँग ३३ रनको हार बेहोरेको थियो ।
सोमबार नै भएको दोस्रो खेलमा मलेसियाले कुवेतलाई ४२ रनले पराजित गर्दै सानदार सुरुवात गरेको थियो । मंगलबार भने दोस्रो खेल वर्षाका कारण रद्द हुन पुग्यो । कुवेत र सिंगापुरले अंक बाँडेपछि दोस्रो दिनको खेल सकिँदा घरेलु टोली शीर्षस्थानमा रहेको छ ।
अंक तालिका :
१. सिंगापुर – २ खेल ३ अंक
२. मलेसिया – १ खेल २ अंक
३. कतार – २ खेल २ अंक
४. कुवेत – २ खेल १ अंक
५. नेपाल – १ खेल शून्य अंक
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]