default_image

5 years ago

July 23, 2019

नेपालले कतारसँग हार्नुको तीन कारण

22 views

0 Bookmark

सिंगापुर (हाम्रो खेलकुद) – आईसीसी टि-२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत नेपाल पहिलो खेलमा कतारसँग पराजित भएको छ । कतारसँग ४ विकेटले पराजित भएसँगै उपाधिको प्रमुख दाबेदार नेपालको अघिल्लो चरणमा पुग्ने लक्ष्यमा धक्का लागेको छ ।

टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको नेपालले निर्धारित २० ओभरमा अल आउट हुँदै १ सय २२ रनमा समेटिएको थियो । १ सय २३ रनको लक्ष्य कतारले १९.२ ओभरमा ६ विकेट गुमाउँदै पुरा गर्यो। नेपालका कुनै पनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् । यो हारसँगै नेपालले ग्लोबल छनोटमा स्थान बनाउन बाँकी तीनै खेलमा फराकिलो जित निकाल्नुपर्ने हुन्छ । तुलनात्मक रुपमा कमजोर मानिएको कतारसँग नेपालले हार्नुको प्रमुख तीन कारण यस प्रकार रहेका छन् ।

३. मध्यक्रम सम्हालिन नसक्नु

टस जितेर ब्याटिङ थालेको नेपाललाई कप्तान पारस खड्का र उप कप्तान ज्ञानेन्द्र मल्लले पहिलो विकेटका लागि ६ ओभरमा ४९ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । जुन पहिलो विकेटका लागि नेपालले टी २० अन्तर्राष्ट्रियमा गरेको हालसम्मकै उच्च साझेदारी हो । उत्कृष्ट सुरुवात गरेपनि मध्यक्रम र तल्लोक्रमका ब्याट्सम्यान लगातार आउट हुन पुग्दा नेपाल सस्तैमा समेटिन पुगेको थियो ।

छैटौं ओभरको अन्तिम बलमा कप्तान पारस खड्का ठूलो सट खेल्ने धुनमा क्याच आउट भएसँगै नेपालको विकेट पतन सुरु भएको थियो । जुन विकेटपतन यात्रालाई कुनै पनि ब्याट्सम्यानले रोक्न सकेनन् । नवौं ओभरको दोस्रो बलमा तमोर शज्जादले ज्ञानेन्द्र मल्ललाई २३ रनमा आउट गरे । ११ औं ओभरको पहिलो बलमा शरद भेषवकर ७ रनमा आउट भए । १४ औं ओभरको पाँचौ बलमा सोमपाल कामी ११ रनमा रन आउट भए ।

त्यस्तै हिटर विनोद भण्डारी ३,करण कसी ४ रनमा आउट भएपछि नेपालको ठूलो योगफलको संभावना समाप्त भएको थियो । उत्कृष्ट सुरुवात गरेको नेपाललाई मध्यक्रममा पनि अन्य ब्याट्सम्यानले त्यस्तै साझेदारी गर्न सकेको भए नेपाल बलियो योगफलतर्फ लम्किन सक्थ्यो र नतिजा नेपालको पक्ष्यमा आउन सक्ने उच्च संभावना रहन्थ्यो । मध्यक्रमका ब्याट्सम्यानको खराब प्रर्दशन नेपालको हार्नुको प्रमुख कारण मध्य एक हो ।

२. आक्रमक सट कमी

टी २० खेलमा एकै खेलाडी र ओभरले ठूलो प्रभाव पार्ने गर्दछ । टस जितेर पहिला ब्याटिङ गर्न मैदान उत्रेको नेपालले कमजोर कतारमाथि आक्रमक ब्याटिङ गर्दै ठूलो योगफल बनाउन सक्ने अनुमान गरिएको थियो । तर नेपालका कुनै पनि ब्याट्सम्याने टी २० शैलीमा ब्याटिङ गर्न सकेनन् । नेपालका ७ ब्याट्सम्यानले कतारका बलर सामु दोहोरो अंकमा रन नसकी पेभिलिएन फकिए । नेपालले जम्मा ९ चौका र ३ छक्का प्रहार गर्यो । पारसबाहेक अन्य कुनै पनि शीर्ष ब्याट्सम्यानको स्ट्राइक रेट १ सय भन्दा माथि हुन सकेन ।

पारसले १७ बलमा ४ चौका र १ छक्का सहित २८ रन जोडे । ज्ञानेन्द्रले २४ बलमा २ चौका र १ छक्का सहित २३ रन जोडे । त्यस्तै दीपेन्द्र सिंह ऐरीले ३५ बलमा समान १ चौका र छक्का सहित ३४ रन जोडे । नेपाली ब्याट्सम्यानको खेल्ने शैली टी २० जस्तो भएन । जसको कारण नेपाल सामान्य लक्ष्यमा समेटिनु परेको थियो । लगातार बल बढी सामना गर्दा दबाबमा खराब सट खेल्दै आउट हुन पुगे । नेपालको आजको हारको प्रमुख कारण आक्रमक सटको कमी पनि हो ।

१. टोलीमा सन्तुलनको कमी

तुलनात्मक रुपमा कमजोर प्रतिदोन्द्धी कतारसँगको खेलमा नेपाली टोलीमा सन्तुलनको अभाव रह्यो । नेपालको प्रमुख समस्या भनेको नै ब्याटिङ हो । नेपालको हारको प्रमुख कारण पराम्परागत देखीनै कमजोर ब्याटिङ बन्ने गर्दछ । आज पनि त्यहि समस्या बाधक बन्यो ।

आज नेपालले ६ जना प्रमुख बलर मैदान उतारेको थियो । जसको कारण नेपाली टोलीमा ब्याटिङ केहि कमजोर बन्न पुग्यो । नेपालले सामान्यतया ४ बलर मात्र उतार्दै आएको थियो भने पछिल्लो समय प्रतिस्पर्धा बढेपछि पाँचौ बलर पनि खेलाएको थियो । प्रदीप ऐरी, पवन सरार्फ र रोहित कुमार पौडेललाई बेन्चमा राख्र्दै नेपालले ६ बलरलाई खेलाउने निर्णय गलत सावित बन्यो ।

यी तीन मध्य एक ब्याट्सम्यानलाई खेलाउदै ५ बलरलाई मैदान उतारेको भए टोली सन्तुलन बन्नुको साथै ब्याटिङ लाइन अप पनि केहि मजवुत बन्न सक्थ्यो । प्रमुख ६ बलर खेलाउने निर्णयले टोलीमा असन्तुलन हुँदा नेपाल पराजित हुन पुग्यो ।

May 15, 2024

दिल्लीको लखनऊ विरुद्ध जित

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) को लिग चरणको आफ्नो अन्तिम खेलमा लखनऊ सुपर जाएन्ट्स दिल्ली क्यापिटल्स विरुद्ध पराजित भएको छ । दिल्लीको घरेलु मैदानमा भएको खेलमा दिल्ली १९ रनले विजयी भएको हो । दिल्लीले दिएको २०९ रनको विशाल लक्ष्य पछ्याएको लखनऊले ९ विकेटको क्षतिमा १८९ रन मात्र बनाउन सक्यो । लखनऊका लागि निकोलस पुरनले […]

May 14, 2024

दीपेन्द्रको विष्फोटक ब्याटिङमा नेपालको जित

काठमाडौं (हाम्रो खेलकुद) – दीपेन्द्र सिंह ऐरीको विष्फोटक फिनिसको मद्दतमा विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको पहिलो अभ्यास खेलमा जित हासिल गरेको छ । पार्क हिल मैदानमा सोमबार भएको खेलमा नेपाल ४ विकेटले विजयी भएको हो । घरेलु टोलीले दिएको १ सय ९७ रनको लक्ष्य नेपालले ३ […]

May 14, 2024

नेपाललाई विशाल लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको पहिलो अभ्यास खेलमा विशाल लक्ष्य पाएको छ । टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सत्य ९६ रन बनाएपछि नेपालले १ सय ९७ रनको लक्ष्य पाएको हो । नेपालको विश्वकप […]

Success

Thank you for your time.