default_image

6 years ago

July 23, 2019

‘ठूला प्रतियोगिता खेल्ने नै अनुभवी खेलाडीले हो’ – प्रशिक्षक पटवाल

143 views

0 Bookmark

सिंगापुर (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक उमेश पटवालले ठूला प्रतियोगिता खेल्नेनै अनुभवी खेलाडी रहेको बताएका छन् । मंगलबार कतारसँग ४ विकेटको अप्रत्यासित हारसँगै हाम्रो खेलकुदसँग कुरा गर्दै पटवालले यस्तो बताएका हुन् ।

‘मलाई लाग्छ महत्वपूर्ण प्रतियोगिता खेल्ने नै अनुभवी खेलाडी हुन् । हामीसँग यो नै सहि विकल्प थियो’,पटवालले युवा ब्याट्सम्यानलाई इंगित भने,’ हामीसँग रहेका युवा खेलाडीले उमेर समूहमा राम्रो खेलेका छन् । तर उनीहरुले राष्ट्रिय टोलीबाट खेल्न सक्छन् नै भन्ने हुँदैन ।’ मलेसियासँगको खेलमा खेलाडी परिवर्तन बारे पटवालले पारससँग सल्लाह गर्ने बताए । पटवालले दोस्रो इनिङमा कप्तान पारस खड्का नहुनाले पनि टोलीको प्रर्दशनमा फरक पारेको बताए ।

पटवालले आजको दिन खराब रहेको र कतारले अनुभवी खेलाडीको प्रदर्शनमा जित दर्ता गर्न सकेको बताए । खेलाडीहरुले फरक वातावरण अनुसार आफूलाई तयार गर्न सक्नुपर्नेमा पनि पटवालले जोड दिए । अब बाँकी तीनै खेल जितेर अगाडी जानुको विकल्प नरहेको पटवालको बुझाइ छ ।

नेपालले दोस्रो खेलमा बुधबार मलेसियासँग खेल्ने छ । मलेसियाले पहिलो खेलमा कुवेतलाई ४२ रनले पराजि गर्दै उच्च मनोबलका साथ दोस्रो स्थानमा छ । मलेसियाले घरेलु मैदानमा एक सता अघि नेपालसँगको दुई टी ट्वान्टी सिरिज २–० ले हारेको थियो । तर मलेसियाले दोस्रो खेलमा नेपाललाई कडा टक्कर दिएको थियो । सन् २००९ यूएईमा भएको एसीसी टी२० एसियामा मलेसियाले नेपाललाई ६ विकेटले पराजित गरेको थियो ।

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

Success

Thank you for your time.