default_image

6 years ago

July 28, 2019

‘हारको जिम्मेवारी म लिन्छु’– कप्तान पारस

165 views

0 Bookmark

सिंगापुर (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले एउटा प्रतियोगिता हार्दैमा संसार नसकिएको बताएका छन् । सिंगापुरसँगको अप्रत्याशित फराकिलो हारसँगै ग्लोबल छनोटमा पुग्न असफल भएपछि हाम्रो खेलकुदसँग बोल्दै पारसले यस्तो बताएका हुन् ।

‘अब धेरै सोचेर पनि काम छैन । ओडीआई मान्यता छ । एउटा प्रतियोगिता हार्दैमा संसार सकिएको भन्ने पनि छैन । नेपालको भविष्य अझै पनि राम्रो छ’,पारसले भने । हारपछि निराश मुद्रामा देखिएका पारसले थपे,’दुई वर्षसम्म अझै ओडीआई मान्यता छ । जे गल्ती गरेका छौं, त्यसलाई सुधार सहित खेलाडीको क्षमता पनि परिवर्तन गरेर अघि बढ्नेछौं ।’

‘आज ब्याटिङलाई धेरै राम्रो पिच थियो तर भाग्यले साथ दिएन । हामीलाई पनि दुःख लागेको छ । हाम्रो पनि विश्वकप छनोट खेल्ने सपना थियो । चाहिएको बेला राम्रो प्रर्दशन गर्न सकेनौं’, पारसले भने, ‘सबै टिमको सोच र सपनानै क्वालिफायर सम्म पुग्नी थियो । हाम्रो जुन क्षमता छ त्यो अनुसार खेल्न सकेनौं । ‘

‘हाम्रो टिम नराम्रो होइन प्रर्दशन खराब हो । आगमी दिनमा राम्रो गर्ने छौं । जित्दा सबैको वाहवाह हुन्छ हार्दा आलोचना । जुन लेभलमा खेलि रहेका छौं, त्यो सजिलो छैन । मान्छेले भन्न त कतार, कुवेत भन्छन् तर टि २० मा केहि भर हुँदैन । कप्तानको तर्फबाट म हारको जिम्मा लिन्छु ।’

‘वरीयता हेर्दा हामी शीर्ष स्थानमा छौं । प्रयास गरि रहेका छौं । समर्थकहरुले नियमित रुपमा सहयोग गर्दै आउनु भएको छ । आशा गरौं आगमी दिनमा राम्रो गर्दै अघि बढ्ने छौं ।’

नेपाल आईतबार सिंगापुरसँग ८२ रनले पराजित हुँदै तेस्रो स्थानमा रहेर बाहिरिएको हो । पहिलो खेलमा नेपाल कतारसँग ४ विकेटले पराजित हुँदा मलेसिया र कुवेतलाई समान ७ विकेटले पराजित गरेको थियो ।

हेर्नुहोस् पारसको अभ्वियक्ति :

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

Success

Thank you for your time.