6 years ago
September 1, 2019
भूपेन्द्र जिसी, काठमाडौं
सबै स्टार खेलाडीको करिअरको सुरुवात राम्रो हुन्छ भन्ने हुँदैन । इतिहास हेर्दा केहिको सुरुवाती प्रदर्शन राम्रो रहँदा कसैको निराशजनक छ ।
अन्तर्राष्ट्रिय क्रिकेटमा विश्वचर्चित भारतीय पूर्व क्रिकेटर सचिन तेन्दुल्कर र पूर्वकप्तान महेन्द्रसिंह धोनी पनि वान डे डेब्यू खेलमा डक आउट हुन पुगेका थिए । केहिले डेब्यूमै शतक प्रहार गर्ने खेलाडी पनि छन् । न्युजिल्यान्डका ओपनर मार्टिन गुप्टिल, पाकिस्तानका इमाम उल हक, अबीद अली, केएल राहुलसहित कुल १५ ब्याट्सम्यानले वान डे डेब्यूमै शतक प्रहार गरेका छन् ।
नेपाली पाँच नेपाली स्टार खेलाडी जो डेब्यू खेलमै डक आउट हुन पुगेका थिए ।
१. शक्ति गौचन
स्पिनर शक्ति गौचनको नाम नेपाली क्रिकेटमा उनको परिचय दिन प्राप्त छ । झण्डै दुई दशक नेपाली क्रिकेटमा निरन्तर खेलेका शक्तिले गत वर्ष नेदरल्यान्डसँगको खेलपछि सन्न्यास लिएका थिए । नेपाललाई टि२० विश्वकप देखि वान डे मान्यता दिलाउन सम्म महत्वपूर्ण प्रर्दशन गरेका शक्ति टि२० आईको डेब्यूमा शून्यमा आउट भएका थिए ।

सन् २०१४ मा बंगलादेशमा सम्पन्न टि२० विश्वकपमा हङकङविरुद्ध डेब्यू खेलमा अन्तिम बलमा रन आउट हुँदै शून्यमा पेभिलिएन फर्केका थिए । शक्तिले १ वान डे, ९ टि२० आई, ४ प्रथम श्रेणी, २४ लिष्ट ए र ३१ टि२० एस खेल खेलेका छन् ।
४. आरिफ शेख

आरिफ शेख नेपाली क्रिकेटमा ठूलो सम्भावना बोकेका अलराउन्डर हुन् । उमेर समुह र घरेलु क्रिकेटमा राम्रो छाप छोड्दै सन् २०१४ मै नेपाली क्रिकेटमा डेब्यू गरेका थिए । आरिफ पनि डेब्यू खेलमै डक आउट हुने ब्याट्सम्यान हुन् । गत वर्ष नेदरल्यान्डसँगको वान डे खेलमा शून्यमा क्याच हुन पुगेका थिए । आरिफले १ टि२०, २३ लिष्ट ए, ६ वान डे खेल खेलेका छन् ।
३. वसन्त रेग्मी

हाल राष्ट्रिय टोलीमा रहेका सर्वाधिक अनुभवी स्पिनर वसन्त रेग्मी सन् २००६ देखी पहिलो रोजाईमा नेपाली क्रिकेटमा खेलिरहेका छन् । वसन्त गत वर्ष नेदरल्यान्डसँगको वान डे खेलमा डक आउट हुन पुगेका थिए । २७ ओभरको पहिलो बलमा क्याच आउट हुँदै शून्यमा पेभिलिएन फर्केका थिए । वसन्तले ४ वान डे,१८ टि२० आई,३९ लिष्ट ए र ४० टि२० एस खेलेका छन् ।
२. करण केसी
वान डे मान्यतासँगै करण केसीको चर्चा स्वतः हुने गर्दछ । आईसीसी डिभिजन २ को फाइनलमा गत वर्ष क्यानडाविरुद्ध खेलेको अविश्वसनिय ४२ रनको अविजित विजयी इनिङले करणलाई रातारात चर्चाको शिखरमा मात्र पुर्याएन,नेपाली क्रिकेट अन्धकारतर्फ जानबाट समेत बचेको थियो । तीब्र गतिका बलरसँगै तल्लोक्रममा ठूला शटमा क्षमता राख्ने करण केसीले सन् २०१५ मा युगान्डाविरुद्ध डेब्यू गरेका थिए ।

नेपाललाई वान डे मान्यता दिलाउन महत्वपूर्ण योगदान दिएका करण डेब्यू खेलमा भने डक आउट हुन पुगे । करण गत वर्ष नेदरल्यान्डसँगको डेब्यू वान डे खेलमा शून्यमा क्याच आउट हुन पुगेका थिए । करणले ५ वान डे,१५ टि२० आई,२४ लिष्ट ए र १७ टि२० एस खेल खेलेका छन् ।
१. सोमपाल कामी
तीव्र गतिका बलिङ अलराउन्डर सोमपाल कामी नेपाली टोलीका प्रमुख खेलाडी हुन् । सन् २०१४ देखी पहिलो रोजाईमा खेल्दै आएका सोमपाल वान डे क्रिकेटमा नेपालबाट एकै खेलमा ५ विकेट लिने पहिलो बलर समेत हुन् । सोमपाल सन्दीप लामिछानेपछि व्यवसायिक अन्तर्राष्ट्रिय फे्रन्चाइज लिग खेल्ने दोस्रो नेपाली खेलाडी पर्दछन् ।

सोमपाल पनि डेब्यू वान डे खेलमा शून्यमा आउट भएका छन् । गत वर्ष नेदरल्यान्डसँगको डेब्यू पहिलो खेलमा पिटर सेल्सरले एलवी डब्लुको धराप पारेपछि शून्यमा पेभिलिएन फकिनु परेको थियो । सोमपालले ६ वान डे, २१ टि २० अन्तर्राष्ट्रिय, २ प्रथम श्रेणी, ४३ लिष्ट ए र २६ टि२० एस खेल खेलेका छन् ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]