6 years ago
September 1, 2019
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक डिएभी सुशील केडिया विश्व भारती स्कुलले तेश्रो सुशील केडिया मेमोरियल अन्तर विद्यालय र कलेजस्तरीय दुवैतर्फ इन्डोर क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

स्कुलतर्फ फाइनलमा अक्षरा स्कुललाई ५३ रनको फराकिलो अन्तरले जित हासिल गर्दै डिएभीले उपाधि जितेको हो । पहिलो ब्याटिङ गर्दै १० ओभरमा डीएभीले दिएको १०७ रनको लक्ष्य पछ्याउने क्रममा अक्षराले ५३ रनमा समेटियो । प्लेयर अफ द म्याच समेत चुनिएका डीएभीका सक्षम न्यौपानेले सर्वाधिक ३० रन बनाए।
यसअघि आइतबार नै सम्पन्न सेमिफाइनलमा डीएभीले नाइटेंगल कलेजलाई १२ रनले पराजित गरको थियो । अर्को सेमिफाइनलमा अक्षराले विश्वनिकेतनलाई २० रनले हराएको थियो । स्कुलतर्फ प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी नाइटेंगल कलेजका सुशान्त यादब, उत्कृष्ट ब्याट्सम्यान विश्वनिकेतनका सुनिल ठाकुर , उत्कृष्ट बलर डीएभीका प्रसिद्ध बज्राचार्य र उत्कृष्ट विकेटकिपर डीएभीकै इनप महर्जन घोषित भए ।

कलेजतर्फको फाइनलमा डीएभी सिनियर स्कुलले रोमान्चक खेलमा ब्लुबर्ड कलेजलाई २ रनले पराजित गर्यो । डीएभीले दिएको ७० रनको लक्ष्य पछ्याउने क्रममा ब्लुबर्डले ६७ रन बनाउन सक्यो । जितमा प्लेयर अफ द म्याच चुनिएका डीएभीका पियुश शाहले १५ रन बनाउनुको साथै १ महत्वपूर्ण विकेट समेत लिए।
कलेजतर्फ सर्वोत्कृष्ट खेलाडी डीएभीका नितिन अग्रवाल, उत्कृष्ट बलर डीएभीकै अंकित अग्रवाल र उत्कृष्ट ब्याट्सम्यान ब्लुबर्डका दिपक डुम्रे चुनिए । अगस्ट २५ बाट ललितपुरको भनिमण्डल स्थित इन्डोरमा सम्पन्न प्रतियोगितामा कुल २४ स्कुल र कलेजहरुको सहभागिता रहेको थियो।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]