default_image

6 years ago

September 2, 2019

न्युजिल्यान्डसँग श्रीलंकाको हार

97 views

0 Bookmark

एजेन्सी – तीव्र गतिका बलर तथा कप्तान लाथिस मलिंगाले विश्व कीर्तिमान कायम गरेको खेलमा श्रीलंका न्युजिल्यान्डसँगको पहिलो टि ट्वान्टीमा ५ विकेटले पराजित भएको छ ।

जितका लागि १ सय ७५ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले १९.३ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो । न्युजिल्यान्डका लागि पुर्व कप्तान रोश टेलरले २९ बलमा ३ चौका र २ छक्का सहित ४८ रनको योगदान दिदै ‘म्यान अफ द म्याच’ चुनिए । पहिलो ओभरको चौथो बलमै मलिंगाले ओपनर कोलिन मुनरोलाई शून्यमा बोल्ड आउट गरेका थिए ।

मार्टिन गुप्टिल ११ र टिम सिफर्ट १५ रनमा आउट भएपछि ७.२ ओभरमा ३९–३ को कमजोर अवस्थामा पुगेको न्युजिल्यान्डलाई चौथो विकेटका लागि टेलर र कोलिन डी ग्राण्डहोमले ७९ रनको उत्कृष्ट साझेदारी गर्दै जिततर्फ अघि बढाएका थिए ।

१४ ओभरको तेस्रो बलमा डी ग्राण्डहोमलाई मलिंगाले योर्कर बलमा ४४ रनमा बोल्ड आउट गर्दै नयाँ विश्व कीर्तिमान रचे । मलिंगा टि२० क्रिकेटमा सर्वाधिक विकेट लिने खेलाडी बनेका छन् । मलिंगाले पाकिस्तानका पुर्व कप्तान शाहिद अफ्रिदीको ९८ विकेटको रेकर्ड तोडेका हुन् ।

मिचेल सान्टनार १४ र डयाल मिचेल २५ रनमा अविजित रहे । श्रीलंकाका लागि कप्तान लाथिस मलिंगा र वनिदु हसरन्गाले समान २ विकेट लिए पनि जितको लागि प्रयाप्त रहेन । त्यस्तै अलिका धनन्जयको नाममा १ विकेट रह्यो ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको श्रीलंकाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७४ रन बनाएको थियो । श्रीलंकाका लागि ओपनर कुशल मेन्डिसले ५३ बलमा ८ चौका र २ चौका सहित ७९ रनको योगदान दिए । टि२० आई करिअरको उच्च प्रर्दशन गरेका मेन्डिस टिम साउदीको १७ ओभरको पहिलो बलमा ठूलो सट खेल्ने धुनमा बाउन्ड्री लाइन नजिकै क्याच आउट हुन पुगे ।

निरोशन डिक्वेला ३३,कुशल परेरा ११ र अभिष्का फ्रनान्डो १० रनमा आउट भए । इसरु उडाना १५ र दुसान सनका १७ रनमा अविजित रहे । न्युजिल्यान्डका लागि कप्तान टिम साउदीले २ र मिचेल सान्टनरले १ विकेट लिए । योसँगै तीन टि२० सिरिजमा न्युजिल्यान्डले १-० को अग्रता लिएको छ । दोस्रो टि २० खेल आगमी सेप्टेम्बर ३ मा हुने छ ।

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

Success

Thank you for your time.